९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘इरानी अस्त्र प्रणालीमा अमेरिकी साइबर हमला’

राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई आक्रमण गर्ने निर्णय फिर्ता लिएलगत्तै अमेरिकाले बिहीबार इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको अमेरिकाबाट प्रकाशित समाचारमा जनाइएको छ ।

साइबर अपराधमा २० देखि ३० वर्षका युवा बढी

मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो।

नेपाल प्रहरीमा थप दुई ब्यूरो स्थापना

पछिल्लो समय देशैभर बढिरहेको सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखनको घटनालाई लक्षित गरी नेपाल प्रहरीमा थप दुईवटा ब्यूरो स्थापना भएको छ। साइबर अनुसन्धान ब्यूरो र मानव बेचबिखन ब्यूरो स्थापना भएको हो। साइबर अनुसन्धान ब्यूरो भोटाहिटीमा स्थापना भएको हो भने मानव बेचबिखन ब्यूरोको स्थापना बबरमहलमा भएको हो।

राष्ट्रपति भण्डारीलाई लक्षित गर्दै फेसबुकमा जथाभावी लेख्ने प्रधानाध्यापक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै जथाभावी लेखेको अभियोगमा सिन्धुपाल्चोकका एकजना प्रधानअध्यापक पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको मेलम्चीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची–३ का ईश्वर कुमार चौलागाईं रहेको महाशाखाले जनाएको छ।

सरकारमाथि साइबर हमला

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा शनिबार प्रधानमन्त्रीकै नामको एउटा ट्टिर अकाउन्टबाट आफैँलाई शुभकामना दिएको एउटा गज्जबको पोस्ट ट्विटरमा देख्न पाइयो। पोस्टमा उल्लेख थियो, ‘आज मेरो जन्मदिन आइसकेछ। देशको समृद्धिको लागि काम गर्दागर्दै ६७ वर्षको मीलको पत्थर पार गरेकामा आफैँलाई हार्दिक बधाइ। यो अवसरमा आज देशैभरि सार्वजनिक बिदाको घोषणा गर्छु। बाध्यता छैन, तर आफूखुसी जनताले दीपावली घोषणा गर्न सक्नेछन्। यो नै मेरो सुशासनका लागि धन्यवाद सम्झनेछु।’

उपत्यकामा साइबर अपराध बढ्दै, उजुरी दिने महिला बढी

साइबर अपराधको आक्रमणले गर्दा अहिले विश्वका धेरै मुलुक आतंकित बनेका छन्। जसको चपेटामा नेपाल पनि परेको छ। प्रहरीको पछिल्लो तथ्यांकअनुसार काठमाडौँ उपत्यकामा बर्सेनि साइबर अपराधको घटना बढ्दो छ।

फेसबुक प्रयोकर्तामध्ये ३ करोडका विवरण चोरिए

विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ।

पत्रकार बस्नेतमाथि साइबर अपराधमा अनुसन्धान

महानगरीय प्रहरी परिसर जाउलाखेलले खोजतलास साप्ताहिक तथा खोजतलास न्युज डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई पक्राउ गरी साइबर अपराध ऐनअन्तर्गत अनुसन्धान सुरु गरेको छ।

प्रधानमन्त्रीविरुद्ध फेसबुकमा लेख्ने पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फेसबुकबाट समाजमा भ्रमपूर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भक्तपुरको सूर्यविनायक ३ का ४४  वर्षीय होमनाथ सिग्देललाई मंगलबार बबरमहलबाट पक्राउ गरेको एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए।

उत्तर कोरियाविरुद्ध साइबर आक्रमणको तयारीमा अमेरिका?

अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न लागेको आरोप शनिबार उत्तर कोरियाले लगाएको छ।

फौजदारी संहितामा साइबर अपराध

साइबर टेरोरिज्म, साइबर वारफेयर, पाइरेटेड सफ्टवेयर वितरण, अनधिकृत सूचनाको भण्डारणहरू हुन् । समाजविरुद्ध हुने साइबर अपराधमा बाल पोर्नोग्राफी, साइबर ट्राफिकिङ, आर्थिक अपराध र कीर्तेजस्ता अपराधहरू पर्छन् ।

साइबर क्राइमले विश्वभरिका बैंक त्रस्त

साइबर क्राइमले विश्वभरिकै बैंकहरुमा ठूलो त्रास सिर्जना गरेको विज्ञहरुले बताएका छन् । नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) ले बिहीबार आयोजना गरेको राष्ट्रिय स्तरको साइबर एन्ड स्विफ्ट सेक्युरिटी कन्फरेन्समा विज्ञहरुले यस्तो प्रतिक्रिया दिएका हुन्।

साइबर सुरक्षा

संसारको सुरक्षा चासो कति भिन्न भएछ भन्ने बुझ्न यति बेला संसारभरि एक किसिमको कम्प्युटर भाइरस (र्यान्सम वेयर) ले मच्चाएको आतंक पर्याप्त छ । कुनै बेला देशको सुरक्षा भनेर भौतिक विषय, राज्यको सीमा, नागरिक जीउधनको रक्षाजस्ता विषयलाई मुख्यरुपमा लिइन्थ्यो । तर, आज हामी सबैको जीवनको अभिन्न अंग बनेका कम्प्युटर र तिनमा राखिएका फाइलको सुरक्षा अपरिहार्य बन्न पुगेको छ ।

नेपालमा साइबर अपराध बढ्यो, ५६० उजुरी दर्ता

महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन्। पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्