लाङटाङ लिरुङमा आरोहण अनुमति
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनमा रहेको लाङटाङ लिरुङ आरोहणका लागि सरकारले अनुमति दिएको छ। लाङटाङ लिरुङ आरोहणका लागि एउटा समूहले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। जसमा दुईजना सदस्य छन्।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनमा रहेको लाङटाङ लिरुङ आरोहणका लागि सरकारले अनुमति दिएको छ। लाङटाङ लिरुङ आरोहणका लागि एउटा समूहले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। जसमा दुईजना सदस्य छन्।
रसुवाको नौकुण्ड गाउँपालिका–१ थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनाको ३० प्रतिशत काम सकिएको छ।
सोलुदुधकुण्ड नगरपालिका–२ फेरामा नेपाल मेड नेपाल गाउँघर क्लिनिकको भवन उद्घाटन गरिएको छ। नेपाल मेड, जर्मनीको करिब ४५ लाख रुपैयाँ लगानीमा निर्मित पाँचकोठे सो भवनको नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति आङगेलु शेर्पा, मेयर नाम्गेल जाङबु शेर्पा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र जिल्ला अस्पताल फाप्लुका इन्चार्ज डा. मिङमार छिरिङ शेर्पाले हालै एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
सोलुदुधकुण्ड नगरपालिकालाई सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाको सहयोगमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ। नगरपालिकाको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा सोलुखुम्बु विकास समाजका संस्थापक अध्यक्ष उत्तम गुरुङले मेयर नाम्गेल जाङबु शेर्पालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।
सोलुदुधकुण्ड नगरपालिका–६ खोरियास्थित सोलुखोलामा मोटरेबल पुल १० महिनामै सम्पन्न गरी उद्घाटन गरिएको छ।
कालिका गाउँपालिका स्थित धोबीखोलामा पुल नहुँदा वर्षाको समयमा हिँडडुल गर्नसमेत समस्या हुँदै आएको थियो। जिल्ला समन्वय समिति र कालिका गाउँपालिकाको संयुक्त प्रयासमा झोलुंगेको निर्माण गर्न थालिएको हो। वर्षायाममा सर्वसाधारणले पैदल यात्रा गर्न कठिन हुँदै आएकोमा यो झोलुंगे पुल निर्माण पश्चात समस्याको समाधान हुने गाउँपालिकाले जनाएको छ।
उमाकुण्ड गाउँपालिकाको वडा नं. १ र २ मा दुई दिन संचालन गरिएको घुम्ती शिविरबाट दुर्गम गुम्देल र बाम्ती गाउँका सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा दुई सय ४१ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।
धादिङका पर्यटन व्यवसायी मिलन तामाङ दुई जना विदेशी पर्यटक सहित गोसाईकुण्ड पुगे। तीन दिनको ट्रेकको लागि शनिबार गोसाईकुण्ड जाँदा बाटोभरि हिउँ थियो। हिउँमा मान्छेको पाइला देखिन्थे। ‘मान्छेले खनेर बाटो खोलेको थिएन, उनले भने, मान्छे हिँड्दा बनेको पाइलाले बाटो पहिल्याउन सक्यौँ।’
सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा एक सामाजिक संस्थालाई जग्गा दान गर्ने दाजुभाइलाई सम्मान गरिएको छ।
हिमपातका कारण गोसाईकुण्ड पदमार्ग एक महिनादेखि अवरुद्ध भएको छ। स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षणका रूपमा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाईकुण्ड जाने धुन्चे–गोसाइकुण्ड पदमार्ग अवरुद्ध भएका कारण पर्यटक चन्दनबारीसम्म पुगेर फर्कने गरेका छन्।
सोलु दूधकुण्ड नगरपालिकाले ‘उज्यालो नगर’ निर्माणको तयारी थालेको छ। विद्युत् नपुगेका स्थानमा विद्युतीकरण गर्ने र लोडसेडिङ हटाउन्दै जानेगरी गाउँपालिकाले योजना बनाइरहेको छ। नगर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनी र निर्माणको अन्तिम चरणमा पुगेको अप्पर सोलु लजविद्युत्को ट्रान्सफर्मरबाट ११ केभी प्रसारण जोड्नेगरी अवधारणा अघि सारिएको छ।
काठमाडौंको दरबारमार्गस्थित रोटरी क्लबले सोलुदुधकुण्ड नगरपालिकालाई विपत् व्यवस्थापनका विविधि सामाग्री हस्तान्तरण गरेको छ। रोटेरियल ब्रिटिस ग्रुपको सहयोगमा प्राप्त आगलागीका बेला प्रयोग गरिने दर्जनौं सामाग्री मेयर नाम्गेलजाङबु शेर्पालाई हस्तान्तरण गरिएको हो।
सोलुदूधकुण्ड नगरपालिकाले वडामै पुगेर गर्भवती महिलाको भिडियो एक्सरे गरेको छ। आधारभूत स्वास्थ्यसेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्न भन्दै नगरपालिकाले सुरु गरेको स्वास्थ्य शिविरमा गर्भवती ७५ महिलाको गर्भ जाँच गरिएको छ।
सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउन समिति गठन गरेको छ। नगर शिक्षा समितिको बैठकले सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्माको संयोजकत्वमा समिति गठन गरेको हो।
सोलुदूधकुण्ड नगरपालिकाले शिक्षकको तलब बैंक खाताबाट प्रदान गर्न सुरु गरेको छ। यसअघि विद्यालयको खातामा जम्मा गरिने शिक्षक र अन्य कर्मचारीको तलब सम्बन्धित व्यक्तिकैै खातामा जम्मा गर्न सुरु गरेको लेखा अधिकृत योग्यप्रसाद राईले बताए।