१२ मंसिर २०८१ बुधबार
image/svg+xml

निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्‌घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ

१८ किलोमिटर सडक र ६ वटा पुल निर्माण बाँकी रहेको कैलालीको हुलाकी राजमार्ग भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक तथा भारतीय राजदूत रणजीत रायले संयुक्त रुपमा उद्‌घाटन गरेका छन्।

ब्राजिलस्थित ग्रीक राजदूतलाई आफ्नै श्रीमतीको प्रेमीद्वारा हत्या

ब्राजिलका लागि ग्रीसका राजदूतको हत्याका पछाडि राजदूतकै ब्राजिलियाली श्रीमतीको प्रहरी साथी (प्रेमी)को संलग्नता रहेको ब्राजिलियाली प्रहरी अधिकारीले बताएका छन् ।

इजरायलले साेध्याे अमेरिकी राजदूतलाई स्पष्टिकरण

इजरायल र अमेरिकाबीचको तनाव संगीन हुँदै गएको छ । सोमबार इजरायलले अमेरिकी राजदूतलाई फिर्ता पठाएको छ । विदेश मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राजदूत डेन शापिरोलाई देश छाड्न आदेश दिएका छन् ।

राजदूतको हत्या छानबिनका लागि रसियाली टोली टर्कीमा

रसियाको १८ सदस्यीय अनुसन्धान टोली टर्कीका लागि रसियाली राजदूत एन्डे« कार्लोभको हत्याबारे टर्कीसँग समन्वय गरी छानबिन गर्न मंलबार अङ्कारा आइपुगेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

टर्कीकालागि रुसी राजदूतको गोली हानी हत्या (भिडियोसहित)

टर्कीको राजधानी अंकारामा प्रहरीले टर्कीकालागि रुसका राजदूत आन्द्रेई कालरेवको गोली हानी हत्या गरेका छन्। प्रहरीको कला प्रदर्शनका क्रममा एक प्रहरीले आवेशमा आएर राजदूत आन्द्रेई कालरेवमाथि गोली प्रहार गरे र भने ‘एल्पेपो र बदला’ भन्दै नाराबाजीसमेत गरेका थिए। आफ्ना राजदूतको हत्या भएपछि रुसले हत्याको बदला लिने चेतावनी दिएको छ। उसले हत्यारालाई नछोड्ने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

थापा युरोपेली सङ्घका लागि राजदूत

राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापालाई युरोपेली सङ्घका लागि पनि नेपाली राजदूतमा नियुक्त गरेकी छन्।

भारतीय राजदूतलाई फिर्ता पठाउन माग

विधान संशोधनको विरुद्धमा आन्दोलनरत युवा विद्यार्थीले भारतीय राजदूत रणजित रायले अनावश्यक चलखेल गरेको भन्दै सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन्।

चुनाव नहुने राजदूत निष्कर्ष

नेपालस्थित विदेशी कूटनीतिज्ञले संविधान संशोधनको विषयमा उत्पन्न विवादका कारण २०७४ माघभित्र स्थानीय, प्रदेश र संघका चुनाव हुने सम्भावना नभएको निष्कर्ष निकालेका छन्।

भारतीय राजदूतावास अगाडि प्रदर्शन (फाेटाेहरू)

संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडि साेमबार प्रदर्शन गरेका छन्। मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी तथा नेकपा माओवादी निकट युवा एवम् विद्यार्थी सङ्गठन आबद्ध छन् ।

भारतीय राजदूत रायविरुद्ध देश निकालाको उजुरी दर्ता

भारतीय राजदूतलाई देश निकाला गरियोस् भन्ने गुनासो हेलो सरकारले दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ। पत्रकार घमराज लुइँटेलले भारतीय राजदूत रणजीत रायका पछिल्ला गतिविधिप्रति आक्रोस पोख्दै ट्विटमार्फत् हेलो सरकारमा उजुरी गरेका थिए।

प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूत टेप्लिसबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गरेकी छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्धि कुराकानी भएको थियो ।

संशोधन प्रस्तावको समर्थन गर्न मधेसी माेर्चालाई भारतीय राजदूतको ‘दबाब’

नेपालस्थित भारतीय राजदूत रणजित रायले संविधान संशोधन विधेयकको समर्थन गर्न मधेसी मोर्चाका शीर्ष नेतालाई ‘दबाब’ दिएका छन्। शनिबार विहान दूतावास मै बोलाएर राजदूत रायले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई समर्थन गर्न दबाब दिएका हुन्। संशोधन प्रस्तावलाई मधेसी मोर्चाले नस्विकार्ने बताएपछि राजदूत रायले चासो व्यक्त गरेका हुन्।

राजदूत सुवेदीद्वारा बेलायती महारानीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

बेलायतका लागि नियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायती महारानी एलिजावेथ अलेग्जेन्डर मेरी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । सुवेदीले बिहीवार अपरान्ह बकिङघम प्यालेसमा आयोजित बिषेश कार्यक्रमका बीच ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

राषट्रपतिसमक्ष ४ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पोर्चुगल, कुवेत, युक्रेन र मङ्गोलियाका गैरआवासीय राजदूतहरुले बिहीबार आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

राजदूत राईलाई गैरआवासीय राजदूतको पनि जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईलाई लेसोथो अधिराज्य, तान्जानिया र मौरिससका लागिसमेत गैरआवासीय राजदूतमा आज नियुक्ति गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्