२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलले साेध्याे अमेरिकी राजदूतलाई स्पष्टिकरण

जेरुसेलम–इजरायल र अमेरिकाबीचको तनाव संगीन हुँदै गएको छ । सोमबार इजरायलले अमेरिकी राजदूतलाई फिर्ता पठाएको छ । विदेश मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राजदूत डेन शापिरोलाई देश छाड्न आदेश दिएका छन् ।

नेतान्याहूले अमेरिकी राजदूतलाई फिर्ता पठाउनु अघि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को शुक्रबारको मतदानमा इजरायलको विपक्षमा मत दिने राष्ट्रका राजदूतलाई पनि फिर्ता पठाएका थिए । सो प्रस्तावमा इजरायलीहरुले अवैध रुपमा प्यालेस्टाइनमा बसाएको बस्ती हटाउनु पर्ने माग गरिएको थियो । अमेरिकाले सो प्रस्ताव भिटो प्रयोग गर्न अस्वीकार गरेको थियो र मतदानमा पनि भाग लिएको थिएन ।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले भने प्यालेस्टाइन क्षेत्रमा अवैध यहुदी बस्तीमा रोक लगाउने संयुक्त राष्ट्र संघको प्रस्ताव ‘लाजमर्दो’ भएको टिप्पणी गरेका थिए ।  उनले शुक्रबार १५ सदस्यीय सुरक्षा परिषद्ले गरेको निर्णयलाई नमान्ने बताउँदै आएका छन् । नेतान्याहूले भनेका थिए ,‘जो साथी हुन्छन् उनीहरुलाई सुरक्षा परिषद्मा तान्न जरुरी थिएन ।’

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले शुक्रबार मात्र गैरकानुनी रुपमा बनाइएको इजरायली बस्ती रोक्न आह्वान गरिएको प्रस्तावलाई पारित गरेको थियो ।  सुरक्षा परिषदले प्यालेष्टिनी क्षेत्रमा इजरायली बस्ती बसाउन खोज्नुलाई अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन भएको टिप्पणी गरेको थियो ।
१९७९ पछि पहिलो पल्ट सुरक्षा परिषद्मा इजरायल तानिएको हो । यसभन्दा पहिले अमेरिकाले यस्ता प्रस्ताव आउने बित्तिकै भिटो प्रयोग गथ्र्यो र प्रस्ताव खारेज गथ्र्यो ।
 

प्रकाशित: १२ पुस २०७३ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App