१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राजदूत नियुक्तिमा खै मापदण्ड?

भागबन्डाको राजनीतिले कूटनीतिलाई दूषित पार्न थालेको २७ वर्ष भयो। २०४६ सालको परिवर्तनपछि यस्तो विसंगति बढेको हो। कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी जुन दलले सरकारको नेतृत्व गरे पनि राजदूत नियुक्तिलाई कार्यकर्ता भर्ती गर्ने माध्यमका रूपमा प्रयोग गरेको देखिन्छ।

मोर्चाले गर्‍यो भारतीय राजदूतको बिदाइ

मधेसी मोर्चाले कार्यकाल सकेर स्वदेश फर्कन लागेका भारतीय राजदूत रन्जित रेको बिदाइ गरेको छ। मोर्चाले शनिबार साँझ र्‍याडिसन होटलमा राजदूतको बिदाइ कार्यक्रम राखेको थियो। कार्यक्रममा तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीलगायतका नेता उपस्थित थिए।

भारत सधैँ नेपालको विकासको पक्षमा: राजदूत राय

नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारत सधैँभरि नेपालको आर्थिक, सामाजिक र साँस्कृतिकलगायत विभिन्न पूर्वाधार विकासको पक्षमा रहेको बताएका छन्।

कोशी 'हाइड्याम' बनेपछि कोलकाता–नेपाल पानी जहाज चल्छ: राजदूत राय

राजदूत रायले कोशी 'हाइड्याम' र कमला डाईभर्सन प्रोजेक्टसमेत बन्ने विश्वास व्यक्त गरे। उनले भने,‘यो भयो भने नेपालमा सिँचाई हुन्छ भने भारतमा बाढी नियन्त्रण हुन्छ।’ त्यस्तै कोशी 'हाइड्याम' निर्माण भएपछि कोलकत्ता–नेपाल पानीजहाज चल्नेछ।' कोशी 'हाइड्याम' बने नेपाली भूभाग डुबानमा पर्ने नेपाली विज्ञहरुले बताइरहेका बेला भारतीय राजदूतको यस्तो धारणा सार्वजनिक गरेका हुन्।

मेनपावर व्यवसायीलाई राजदूत बनाएको भन्दै विरोध

मेनपावर व्यवसायीलाई ओमन र यूएईको राजदुत सिफारिस गरेको भन्दै आप्रबासी हकहित संरक्षण केन्द्र खोटाङले विरोध जनाएको छ। सरकारले मेनपावर व्यवसायी शर्मिला पराजुलीलाई ओमन र अर्का मेनपावर व्यवसायी आशा लामालाई यूएईको राजदुत सिफारिस गरेकामा आप्रबासी संरक्षण केन्द्रले विरोध जनाएको हो।

भारतीय राजदूतको बिदाइमा मधेसी दलको अलग-अलग कार्यक्रम

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै तराई–मधेस बन्द गर्ने तराई मधेस केन्द्रित दलले भारतीय राजदुत रञ्जित रेको भव्य बिदाइ समारोह आयोजना गर्दैछन्।

देउवालार्इ भेटिन् चिनियाँ राजदूत युले, निर्वाचन घाेषणा गरेकाे बधार्इ

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनिया राजदूत यू होङले शिष्टाचार भेट गरेकी छन्।

१४ देशमा राजदूत सिफारिस

सरकारले दक्षता र क्षमतालाई लत्याउँदै दलीय भागबन्डामा विभिन्न १४ देशमा राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को सोमबार दोस्रोपटक बसेको बैठकले कांग्रेस कोटाबाट छ, माओवादी केन्द्र कोटाबाट चार, राप्रपा कोटाबाट तीन र फोरम लोकतान्त्रिक कोटाबाट एक गरी १४ जनालाई राजदूत सिफारिस गरेको हो।

१४ देशका लागि राजदूत सिफारिस, स्पेनमा दूतावास खोल्ने निर्णय (सूचि सहित)

सरकारले खाली रहेका १४ देशका लागि नयाँ राजदूतको नाम सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले १४ देशमा राजदूतको लागि नाम सिफारिस गरेको हो। यस्तै स्पेनमा दूतावास खोल्ने पनि निर्णय भएको सरकारका प्रवक्ता था सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले बताए।

विकासमा आधारित गतिशिल सम्वन्ध आवश्यक: राजदूत राय

भारतीय राजदूत रणजीत रायले नेपाल र भारतबीचको सम्बन्ध विकासको माध्यमले गतिशील बन्नुपर्ने बताएका छन्। रौतहटको पथरा बुधराममा आयोजित विद्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै रायले दुई देशको सम्बन्ध जनस्तरमा समेत रहेको बताउँदै युवाहरु विकासको स्रोत रहेको बताए।

राजदूत नियुक्तिमा राजनीति

विश्वव्यापीकरण, उदार अर्थतन्त्र, व्यापक अन्तरनिर्भरता भएको संसारमा कूटनीतिक मामिला अध्ययन, मनन र कार्यान्वयन महत्वपूर्ण पक्ष हो। गर्बिलो इतिहास भए पनि हालका दिनमा आएर अस्थिर राजनीति, प्रश्नवाचक विकास, व्यक्तिवादी पद्धति हाबी भएको, असफलतातिर मोडिएको भनेर चिनारी दिन लागेका वर्तमान नेपाललाई केही सुधार गरेर अघि बढाउन कूटनीतिको पनि महत्वपूर्ण भूमिका हुनुपर्ने हो।

'भारतीय राजदूत रायको योगदानलाई नेपाली जनताले सम्झिरहन्छ'

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल–भारत सम्बन्धलाई सबल र सुदृढ बनाउनमा नेपालका लागि भारतीय राजदूत रणजित रायले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताएका छन् ।

उपप्रधानमन्त्री निधि र वेलायती राजदूतबीच भेट

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि वेलायती राजदूत रिचर्ड मरिसले भेटवार्ता गरेका छन्। उपप्रधानमन्त्री निधि भेट्न उनी मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका थिए।

नेपाल–भारत दुःख, सुखका साथी : राजदूत राय

नेपालका लागि भारतीय राजतदूत रणजित रायले नेपालसँगको सम्वन्ध अटुट र अनन्त रहने बताएका छन्। उनले नेपाल–भारत सम्वन्ध राजनीतिक मात्र नरहेको समेत प्रष्ट पारे।

नेपाल-भारत सम्बन्ध मजबुद बनाउने काम चुनाैतीपूर्ण: राजदूत राय

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल-भारत सम्बन्धलाई थप मजबुद बनाउने भन्ने विषयमा चुनौती रहेको बताएका छन्। उनले त्यसतर्फ दुवै पक्षले सोच्नुपर्ने पनि बताए। द्विपक्षीय सम्बन्धमा समय समयमा केही समस्याहरु पैदा हुनु स्वभाविक भएको उल्लेख गर्दै राजदूत रायले भने,‘हामीवीचको सम्बन्धमा केही समस्याहरु आउँछन्, हामीवीच यति निकट सम्बन्ध छ, प्रगाढ सम्बन्ध छ, तर अब हाम्रो सम्बन्धलाई विकासको ट्रेण्डमा अघि बढाउनुपर्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्