चुनाव सहभागी हुन राजदूतको सुझाव
राष्ट्रिय जनता पार्टी नेपाल गठन भएपछि पार्टीका नेताहरू दुई महिना अवधिमा सातौंपटक भारतीय दूतावासमा पुगेका छन्। राजपा स्थानीय तहको निर्वाचनमा जाने–नजाने अन्योलमा रहेका बेला राजदूतसँग सुझाव माग्न ती दलका नेताहरू पटकपटक दूतावासमा पुगेका हुन्। पछिल्लोपटक मंगलबार राजपाका अध्यक्ष मण्डलका सदस्यहरू दूतावास पुगेका थिए।