१९ असार २०८१ बुधबार
image/svg+xml

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन्।

उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान

उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्न सफल भएका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गरेका छन्।

सगरमाथा आरोही बुढा मगरलाई सभामुख र उपसभामुखको बधाई

सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन्।

चार सय आरोही सगरमाथा शिखरमा

गत शनिबार आइसफल डाक्टरहरूले सगरमाथाको शिखरसम्म डोरी टाँग्ने काम सकेसँगै वसन्तकालीन आरोहण सुरु भएको हो। त्यसयता बिहीबारसम्म करिब ४ सय आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी पर्यटन विभागका कार्यकारी अधिकृत विज्ञान कोइरालाले दिए।

सगरमाथा आरोहणको क्रममा १ चाइनीज आरोहीको मृत्यु

सगरमाथा आरोहणको क्रममा १ चाइनीज आरोहीको मृत्यु भएको छ। एटके एक्सपिसिडीसन एजेन्सीबाट सगरमाथा आरोहणमा गएका १ चाइनीज आरोहीको मृत्यु भएको म्यानेजर लाक्पा शेर्पाले बताए।

मौसम सुधार भएपछि सगरमाथा आरोहण सुरु

आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो।

अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही

सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन्। उनीहरू सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा सुखद आरोहणको पर्खाइमा छन्।

सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

पर्यटन विभागका अनुसार यस पालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन्।

सगरमाथा आरोहण गर्न १ सय ७८ जनालाई अनुमति

सरकारले आरोहण अनुमति शुल्क संकलन गर्ने क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाबाट सबैभन्दा बढी रकम संकलन गरेको छ।

सगरमाथा आरोहणः दोश्रो आधारशिविरमै रोकिए एक सय आरोही

विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणमा निस्केका स्वदेशी र विदेशी आरोही खराब मौसमका कारण बीचमै रोकिएका छन् । आरोही र उनीहरुका सहयोगी सहित झन्डै एकसयजना दोश्रो शिविरमा रोकिएको खटिएका सम्पर्क अधिकृतले जानकारी दिएका छन् ।

एकै दिन १ सय ५० आरोही सगरमाथामा

वसन्तयामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भयो। कामिरिता शेर्पा नेतृत्वको १२ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगे (रोप फिक्सगं) सँगै सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो।

चीनले सगरमाथा आरोहणमा लगायो रोक

नेपालमा नयाँ भेरियन्टसहितकाे कोरोना भाइरसको संक्रमण बढेसँगै चीनले विश्वकै अग्लाे शिखर सगरमाथाको आरोहणमा रोक लगाएको छ। सिन्वा न्यूज एजेन्सीका अनुसार चीनले शुक्रबार यस विषयमा सूचना जारी गरेको छ।

बहराइनका राजकुमारसहितको टोलीले सगरमाथा आरोहण गर्‍यो

बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ बजेर ४० मिनेट जादाँ सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ।

सगरमाथा चढ्न ३१ जना तयार

यस वर्ष वसन्त ऋतुमा चीनतर्फबाट सगरमाथा आरोहण नहुने भएपछि नेपालबाट आरोहण गर्नेको संख्या बढ्दै गएको छ। कोरोना भाइरसका कारण गत वर्ष कुनै पनि आरोहण हुन नसक्दा ठूलो नोक्सानी भोगेको पर्वतीय पर्यटन क्षेत्रमा अहिलेको स्थितिले आस जगाएको पर्यटन विभागले जनाएको छ।

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्