८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन्।

धुम्बाराहीस्थित आफ्नै निवासमा आज आयोजित एक कार्यक्रमकाबीच पार्टीकोतर्फबाट आरोही बुढामगरलाई सम्मान गर्दै सभापति देउवाले नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धन हुने गरी साहसिक आरोहण गरेर कीर्तिमान कायम गरेको भन्दै बुढामगरलाई धन्यवाद ज्ञापन गरे।

सभापति देउवाले बुढामगरको सफलता पार्टी, राष्ट्र र नेपाली जनताको लागि गौरवको कुरा हो भन्दै यो खुसीलाई आम नेपाली जनताको साथ र हौसला बढाएको बताए।

“सगरमाथा आरोहण गरी बुढामगरले कीर्तिमान कायम गर्दै देशको गौरव र सान बढाउनुभएको छ। भोलिका दिनमा अझै कीर्तिमान थप्दै जानुस् मेरो पार्टी र सम्पूर्ण नेपाली जनताकातर्फबाट हार्दिक बधाई तथा शुभकामना धन्यवाद दिन चाहन्छु”, सभापति देउवाले भने।

उनले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे जनचेतना अभिवृद्धिमा भूमिका खेल्न आग्रह गरेका थिए। सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले बुढामगरलाई कदरसहित सम्मान र पार्टीको चारतारे झण्डा पनि दिएका छन्। सो अवसरमा आरोही बुढामगरका बुबा तथा आरोहण दलका सदस्यलाई पनि सम्मान गरिएको थियो।

आरोही बुढामगरले बाल्यकालमा गाउँमा छँदा भोगेका दुःख र सङ्घर्षका किस्सा सुनाउँदै आफ्नो सफलताले देशको गौरव र इज्जत बढाएको बताए। उनले आफू स्वतन्त्ररुपमा देशको गौरव बढाउन विभिन्न सामाजिक काम गरेर अघि बढ्न चाहेको उल्लेख गरे।

प्रकाशित: १८ जेष्ठ २०८० ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App