१० आश्विन २०८१ बिहीबार
image/svg+xml

स्कुटर दुर्घटनामा ज्यान गयो

विराटनगर–१ का ४२ वर्षीय रञ्जितकुमार शर्माको आफैंले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

कोरोनाबाट ११ हजारभन्दा बढीको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार ११ हजार बढी पुगेको छ। गत चौबिस घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनको कारण मृत्यु हुनेको संख्या ११ हजार दुई पुगेको छ।

दुर्घटनामा वडा सदस्यको मृत्यु

गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ।

एम्बुलेन्सको ठक्करबाट पुरुषको मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ।

गर्भमै शिशुको मृत्यु रोकिएन

गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह नगर्ने, नियमित गर्भ जाँच नगर्ने, गर्भावस्थामा ठूलो भारी बोक्ने, पोषिलो खानेकुरा सेवन नगर्ने, जनचेतनाको कमी, पेटमा बच्चा नचल्दा पनि बेवास्ता गर्नेलगायतका कारणले जिल्लामा गर्भमै मृत्यु हुने शिशुको दरमा न्यूनीकरण हुन नसकेको हो।

भेरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

दाङ र सल्यानका दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

वासिङटनमा गोली चल्याे तीनको मृत्यु, तीन जना घाइते

लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो। डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, 'आक्रमणबाट तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।'

ट्रक दुर्घटनामा एकको मृत्यु, १० घाइते

दुर्घटनामा खाँदबारी नगरपालिका–८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन्। घाइतेमध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन्।

अमेरिकामा बाढी र आँधी: ४४ को मृत्यु

अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो। सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन्।

करेन्ट लागेर युवतीको मृत्यु

आफ्नै घरको सुत्ने कोठामा टेवल फ्यान प्लकमा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगंजमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए।

लुम्बिनी प्रदेश: कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत

कोभिड-१९ (कोरोना भाइरस) बाट मृत्यु भएको परिवारलाई राहतस्वरुप दिने भनिएको रकम लुम्बिनी प्रदेश सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको छ।

बलिउड कलाकार सिद्धार्थ शुक्लाको मृत्यु

बलिउड कलाकार सिद्धार्थ शुक्लाको मृत्यु भएको छ। उनको हृदयघातका कारण मृत्यु भएको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ।

संक्रमणबाट बालिका सहित दुई जनाको मृत्यु

बालिकाको बुधबार बेलुका घरैमा र वृद्धको अस्थायी कोभिड अस्पताल दिक्तेलमा बिहिबार बिहान मृत्यु भएको हो। जिल्लामा कोभिड संक्रमणका कारण युवा र वृद्धबृद्धाले मात्र ज्यान गुमाएको अवस्थामा २० महिनाकी बालिकाले पनि ज्यान गुमाउन पुगेकी हुन्।

भेरी अस्पतालमा एकै रात दुई संक्रमितको मृत्यु

बाँकेमा कोरोना भाईरस(कोभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सल्यान र दाङका दुई जना महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मलेसियामा एक नेपाली युवकको मृत्यु

कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए। बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासि ढलेका र ढलेको एकछिनमै उनको मृत्यु भएको खड्काको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्