ललितपुरको बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको छ।
ललितपुरको गोदावरी नगरपालिका–४ का ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।
पहरीको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो।
डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको भने मङ्गलवार नै उपचारको क्रममा मृत्यु भएको थियो।
प्रकाशित: १९ वैशाख २०८१ ०९:१४ बुधबार