१८ फाल्गुन २०७७ मंगलबार

माटोको थुप्रोले पुरिएर एक महिलाको मत्यु

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी–१ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो। शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको छ।

महिला फुटबल प्रशिक्षकमा ग्यारी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ। एन्फाको टेक्निकल कमिटीले ग्यारीलाई बिहीबार रिक्त रहेको महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। यसअघि ग्यारीलाई एन्फाले एक वर्षअघि प्राविधिक निर्देशकका रूपमा अनुबन्धित गरेको थियो।

किसुनजीको स्मृतिमा दौड

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा चैत २२ गते प्रथम किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने प्रतियोगिताका विजेता खेलाडीले नगद २५ हजार, दोस्रो हुने खेलाडीले १५ र तेस्रो स्थानको खेलाडीले जनही नगद १० हजार प्राप्त गर्नेछन्।

प्रथम महिला राधिका शाक्यको 'मेरा अनुभूतिहरू'

प्रथम महिला तथा प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यद्वारा लिखित 'मेरा अनुभूतिहरू' कृति विमोचन भएको छ। मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीको ७० ओैं जन्मदिनका अवसर पारेर शाक्यद्वारा लिखित कृतिको विमोचन गरिएको हो।

व्यावसायिकतातर्फ महिला फुटबल

महिला लिगले व्यासायिकताको संकेत गरे पनि आगामी संस्करणको राष्ट्रिय महिला लिगको संरचना कस्तो हुन्छ भन्ने सबैको चासोको विषय बनेको छ। राष्ट्रिय महिला लिगकी संयोजक पेमाडोल्मा लामाले आगामी संस्करणको महिला लिग कुन संरचनामा गर्ने र सहभागी टोलीको टुङ्गो कुन आधारमा निर्धारण गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको बताइन्।

जापानमा १० दिनको अवधिमा २०७ जना महिलाले गरे आत्महत्या

जापानमा महिला आत्महत्याको घटनामा बृद्धि भएको पाइएको छ। धेरै देशहरूको तुलनामा जापानमा तथ्यांकहरु प्रत्येक महिना संकलन गरिन्छ। यहाँ कोरोना महामारीको बेला संकलन गरिएको तथ्यांकले महिलाहरुको आत्महत्या दर भयावह देखिएको छ।

पाठेघरको समस्या लुकाउँछन् महिला

बराहताल गाउँपालिका–९ सिरूपाटाकी मनिसरा पुलामी १२ वर्षदेखि पाठेघर झर्ने समस्याबाट पीडित थिइन्। उनले आफ्नो पीडा वर्षौंसम्म लुकाएर राखिन्। पाठेघर झर्ने समस्याका कारण पुलामीलाई हिंड्डुल गर्न, उठबस गर्न समस्या हुन्थ्यो। अघिल्लो वर्ष मनिसराको पीडा पतीले थाहा पाए। महिला स्वास्थ्य स्वयंसेवीका बुहारी हरिकला पुलामीलाई पत्नीको समस्या सुनाए। उनले तत्कालै कर्णाली प्रदेश अस्पतालमा पुर्‍याइन्। चिकित्सकले मनिसराको पाठेघरमा रिङ राखिदिए।

लुम्बिनी प्रदेशमा ८ सय ८४ महिला मानव अधिकार हननका घटना

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी महिला र बाल अधिकार हननका घटना धेरै भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले नेपालगन्जमा सार्वजनिक गरेको तथ्यांकमा यस्तो पाइएको हो। उक्त प्रदेशमा सबैभन्दा बढी ८ सय ८४ वटा महिला मानव अधिकार हननका घटना भएका छन्। महिला मानव अधिकार हननका घटना सबै राज्यपक्षबाट भएका हुन्।

मानवअधिकार उलंघन र ज्यादतीमा महिला बढी पिडित

मानवअधिकार उलंघनका र ज्यादतीका गंभिर घटनामा पुरुष भन्दा महिला धेरै बढी संख्यामा पिडित देखिएका छन । ईन्सेकले शुक्रवार सार्वजनिक गरेको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२१ मा मानवअधिकार उलंघनका घटनामा महिला बढी पिडित भएको उल्लेख गरिएको छ । ईन्सेकले काठमाण्डौ लगायत सवै प्रदेशमा सन २०२० मा भएका मानवअधिकार उलघंनका घटना समावेश भएको बर्ष पुस्तक सार्वजनिक गरेको हो । ६ सय ४८ बलत्कारका घटना भएको पुस्तकमा उल्लेख गरिएको ईन्सेकका सुदूरपश्चिम प्रदेश प्रमुख खडक राज जोशीले बताएका छन । यसैगरि १ सय ५२ बलत्कार प्रयासका घटना भएृका छन । भने वोक्सीको आरोपमा ५८ जना, घरेलु हिंसामा १ सय ३ सय ४६ जना महिला पिडित रहेको उनले बताए । बेचबिखनमा २५, यौन दुव्र्यवहारको घटनामा ६२ जना पिडित भएका छन । यसैगरि परिवारजनवाट १ सय २ महिलाको हत्या भएको छ । एक बर्षमा हत्या भएको महिलाको संख्या १ सय ५८ रहेको छ । हत्या भएको पुरुषको संख्या भने बढी छ ।

महिला फुटबल लिगः तेस्रो हुन वालिङ र पुलिसको प्रतिस्पर्धा

चन्द्रपुर नगरपालिकामाथि ३–० को सहज जितका साथ वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्ने सम्भावना बलियो बनाएको छ। १२ खेलको समाप्तिमा वालिङ १७ अंकका साथ तेस्रो स्थानमा छ। वालिङले लिगमा १२ खेलमा समान ५ जित र ५ हार तथा २ खेल बराबरी खेलेको थियो। बुधबार विराटनगर महानगरपालिकामाथि १–० को जितपछि लिग उपाधि पक्का गरिसकेको एपिएफ ११ खेलमा ३३ अंकका साथ शीर्ष स्थानमा छ।

मुख्यमन्त्री कपमा सेमीफाईनल समीकरण पुरा

कास्की जिल्ला भलिबल संघको आयोजनामा बिहीबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा भएको हो ।

महिला तेक्वान्दो च्याम्पियनसिप हुने

विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियमअनुसार सञ्चालित प्रतियोगितामा एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। उक्त खेल कर्णाली प्रदेशको राजधानी सुर्खेतको कभर्डहलमा हुने आयोजकले जनाएको छ।

राष्ट्रिय महिला लिग: दुई खेलअगावै एपिएफलाई उपाधि

विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएपछि दुई खेलअगावै राष्ट्रिय महिला लिग फुटबलको विजेता बनेको एपिएफले अपराजित यात्रालाई ११औं खेलसम्म निरन्तरता दिएको छ।

राष्ट्रिय महिला लिग: चन्द्रपुरको तेस्रो जित

जारी लिगमा कमजोर मानिएको चौदण्डीगढीकी मनिता तामाङले एक गोल फर्काइन्। प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको खेलमा रजनी थोकरले इन्जुरी समयमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन्।

सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबलको तयारी सुरु

सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिताको तयारी सुरु गरिएको छ। उक्त प्रतियोगिता यही फागुन २१ देखि २५ गतेसम्म हुन लागेको हो। प्रतियोगिता विगतका वर्षझै यसवर्ष पनि नेपालगन्जको रंगशालास्थित कभर्ड हलमा हुनेछ। आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको मिति घोषणा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्