६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

ट्रकको ठक्करबाट युवकको मृत्यु

भक्तपुरको च्याम्हासिंहमा मंगलबार राति ट्रकले पैदल यात्रीलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंहबाट  ब्रम्हायणीतर्फ जादै गरेको बा ५ ख ३८३९ नं. को निशान ट्रकले पैदल यात्री रामेछाप सुनपाती गाउँंपालिका ३ घर भई हाल भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंह बस्ने बर्ष ३५ को चन्द्रबहादुर मोक्तानको मृत्यु भएको हो।

सवारी दुर्घटनामा ११ को मृत्यु

पाकिस्तानमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही महिला र बालबालिकासमेत रहेको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन्।

ट्याक्टरले किचेर सहचालकको मृत्यु

सोमबार व्यापारिक सामान बोकेर जाँदै गरेको भे १ त ७२४० नम्बरको ट्याक्टर गाँठे भन्ने स्थानमा रोक्ने क्रममा टायर अड्क्काउन ढुंगो राख्न खोज्दा ट्याक्टरको टाएरले किचेर सहचालक लक्ष्मी उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भरुवा बन्दुक पड्किँदा एक युवाको मृत्यु

बारुद भर्दै गर्दा पड्केको भरुवा बन्दुकले घाइते भएका काँकुका एक व्यक्तिको मृत्यु भएको छ।

बाटोमा फालिएको विषादी सेवनबाट बालककाे मृत्यु

यसैबीच साथीहरुसँग खेलिरहेका बेला अन्जानमा विषादी सेवन गर्दा सर्लाहीको कविलासी नगरपालिका–३ मदनपुरमा एक बालकको ज्यान गएको छ ।

खोटाङमा बस दुर्घटना : एकको मृत्यु, उद्धार कार्य जारी

काठमाडौंबाट खोटाङका लागि छुटेको बस हलेसीमा दुर्घटनामा परेको छ। काठमाडौंबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घटना भएको हो।

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

रौतहटमा सोमबार बस र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। गौर–चन्द्रनिगाहपुरसँगै जोडिएको सहायक राजमार्ग अन्तर्गत हर्साहा चौकमा बस र मोटरसाइकल आपसमा ठोकिँदा गरुडाबैरियाका २५ वर्षीय किसन साहको मुत्यु भएको हो। दुर्घटनामा उनकी श्रीमती २२ वर्षीया आरती साह गम्भीर घाइते भएकी छन्।

बसको ठक्करबाट एकको मृत्यु, चालक फरार

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ८ किटेनीमा यात्रुवाक बसले ठक्कर स्थानीय ३२ वर्षीय देवजङ्ग खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुकुम (पूर्व) बाट काठमाडाैं जाँदै गरेको ना ५ ख ८९६२ नम्बरको बसले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

सर्लाहीस्थित लालबन्दी नगरपालिका–११ हीरापुरमा बिहान मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।  ना३८ प ८२९५ नम्बर मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया मीना जर्गा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

लुक्ला विमान दुर्घटना : काे-पाइलटसहित तीन जनाकाे मृत्यु (अपडेट)

सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर, समिट एअरको जहाज आपसमा ठोक्किँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ। घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन्। उनको परिचय खुल्न बाँकी छ। त्यस्तै जहाजका को पाइलट (नाम पहिचान बाँकी) को निधन भएको छ।

भ्रमणमा निस्किएकाे बस पल्टियाे, तीनको घटनास्थलमै मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। साेही दुर्घटनामा परी ३१ जना घाइतेसमेत भएका छन्।

कारले ओभरटेक गर्न खाेज्दा दुर्घटना, तीन जनाको मृत्यु

सुनसरीमा कारले ओभरटेक गर्न खाेज्दा दुर्घटना भएकाे छ। दुर्घटनामा परी तीन जनाकाे ज्यान गएकाे छ भने ९ जना घाइते भएका छन्।

ढिस्कोले पुरिएर मृत्यु

माटोको ढिस्कोले पुरिएर जिल्लाको नर्मदेश्वरमा एक महिलाको ज्यान गएको छ। लिखु गाउँपालिका–४, नर्मदेश्वरकी ५५ वर्षीया सेतीमाया मगरको माटोको ढिस्कोले पुरिएर बिहीबार ज्यान गएको हो। अन्य दुईजना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्