४ कार्तिक २०८१ आइतबार
image/svg+xml

वीरगञ्जमा कोरोना सङ्क्रमित एक युवकको मृत्यु

कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

कोरोनाबाट एकै दिन आठजनाको मृत्यु

सोमबार सार्वजनिक गरिएको तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमित वाग्मती प्रदेशमा थपिएका छन्। यो प्रदेशमा मात्र २ सय ३५ संक्रमित थपिएका छन्। त्यसमा पनि मृत्यु हुनेको संख्या काठमाडौंमा मात्र सबैभन्दा बढी १ सय ५९ रहेको छ।

करेन्ट लागेर दम्पत्तीको मृत्यु

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ ।

घरायसी झगडामा बुबाको मृत्यु

मदिरा व्यापार गर्दै आएका विकोको राति अवेरसम्म पसल खुल्ला रहेपछि पसल बन्द गर्न आग्रह गर्दा बुबा छोराको विवाद भएको प्रहरीले जनाएको छ। त्यसक्रममा विवाद बढ्दै गएपछि उनले बुवालाई कुटपिट गर्दै धकेलिदिएको प्रहरीले जनाएको छ।

महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

कोरोनाको दोस्रो सङ्क्रमणको लहर सुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ। यसअघि कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन्। हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९ सय ८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ।

पानी ट्याङ्की फुटेर दुईजनाको मृत्यु

बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो।

पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु

पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आगलागीबाट महिलाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

माहुतेको पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ।

मेशिन चोरीको आरोपमा स्थानियवासीको कुटपिटबाट एकको मृत्यु

पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन्।

गैंडा गणनामा खटिएका निकुञ्ज कर्मचारीको बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीको आइतबार मृत्यु भएको छ। गत बुधबारदेखि गैंडा गणनामा खटिएका ३१ वर्षीय पुलिसराम थारुको मृत्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

छत्तीसगढमा माओवादी विद्रोहीसँगको भिडन्तमा २२ भारतीय सुरक्षाकर्मीको मृत्यु

भारतको छत्तीसगढमा माओवादी विद्रोहीको आक्रमणमा परी २२ सुरक्षाकर्मीको मृत्यु भएको छ। माओवादी विद्रोहीले सुरक्षाकर्मीको गस्ती टोलीमाथि गरेकाे आक्रमणमा परि उनीहरूकाे मृत्यु भएकाे हाे।

कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारमा गए राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्