१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्।

हर्मुज शुल्कमा अमेरिकी प्रतिबन्ध

रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाब अझ कडा बनाएको छ।

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्तिको कामना गरेका छन्।

नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौंमा सम्पन्न भएको छ।

निर्देशक त्रिवेणी राईको ‘सेप अफ मोमो’ प्रदर्शन हुँदै

सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राईको डेब्यू फिचर फिल्म ‘सेप अफ मोमो’ यही जेठ १५ गते शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ।

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

कांग्रेसको राष्ट्रिय दायित्व

लोकप्रियतावादको जगमा बनेका शक्तिको मुख्य कमजोरी परिपक्वताको अभाव र ‘म नै सर्वेसर्वा’ भन्ने मनोविज्ञान हो।

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ।

टेबल टेनिस च्याम्पियनसिपको ट्रफी सार्वजनिक

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा हुने ४२ औं राष्ट्रिय टेबल टेनिस च्याम्पियनसिपको ट्रफी बुधबार सार्वजनिक गरिएको छ।

तापक्रम वृद्धिसँगै वन्यजन्तुको मृत्यु जोखिम बढ्दै

अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा पनि वन्यजन्तु बिरामी पर्ने, अस्पताल भर्ना हुने तथा मृत्यु हुने जोखिम उल्लेखनीय रूपमा बढ्ने देखाएको छ।

कमजोर आर्थिक धरातलमा सुधारका संकेत

असामान्य आन्तरिक तथा बाह्य चुनौतीबिच चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रले ३.८५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ।

'सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२' को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्