१४ आश्विन २०८१ सोमबार
image/svg+xml

नबिल बैंकले खोल्यो एकै दिन १२ शाखा

नबिल बैंक लिमिटेडले ग्रामीण क्षेत्रमा एकै दिन १२ शाखा स्थापना गरेको छ । उक्त शाखाको अर्थमन्त्री युवराज खतिवडा र बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले संयुक्त रुपमा इलेक्ट्रोनिक माध्यमबाट उद्घाटन गरे।

खाेटाङको दिप्रुङ चुइचुम्मामा सानिमा बैंक

सानीमा बैंकले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा शाखा विस्तार गरेको छ । स्थानीय तहमा बैंकिङ पहुँच वृद्धिका लागि सानिमाले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँको ओख्रेमा ७१औं शाखा विस्तार गरेको हो ।

श्रमिकको पारिश्रमिक सिधै बैंक खातामा

सरकारले संस्थागत रूपमा काम गर्ने श्रमिकको तलब सिधै बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने निर्णय गरेको छ ।

एनएमबि बैंकको एफपिओ बाँडफाँड

एनएमबि बैंकले थप निष्कासन गरेको सेयर बाँडफाँड भएको छ । प्रतिसेयर तीन सय ३३ रुपैयाँ रहेको तीन अर्ब ८० करोड १२ लाख ४९ हजार दुई सय ७९ रुपैयाँ बराबरको एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता सेयर जेठ ३० मा सर्वसाधारणको लागि खुला गरिएको थियो।

ज्योति विकास बैंकले हाम्रो विकास बैंक किन्ने

ज्योति विकास बैंकले क्षेत्रीय स्तरको हाम्रो विकास बैंक प्राप्तिका (एक्विजिसन) लागि सम्झौता भएको छ ।

बैंक अफ काठमाण्डूको १३.२५ प्रतिशत बोनस सेयर

बैंक अफ काठमाण्डूले चुक्ता पुँजीको १३.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको २३औं वार्षिक साधारणसभाले उक्त बोनस दिने निर्णय गरेको हो ।

टिच फर नेपाललाई सानिमा बैंकको सहयोग

सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको छ । सानिमा बैंकले ललितपुरको कोन्ज्योसोम शाखा उद्घाटनको क्रममा उक्त रकम टिच फर नेपाललाई हस्तान्तरण गरेको हो।

मेगा बैंकको अध्यक्षमा पुनः शाह

मेगा बैंक नेपाल लिमिटेडको सातौं वार्षिक साधारणसभाले सञ्चालक समितिको अध्यक्षमा पुनः भोजबहादुर शाहलाई चयन गरेको छ।

कुमारी बैंकद्वारा ‘बाल सारथी’लाई सहयोग

कुमारी बैंक पशुपति–गुह्येश्वरीस्थित बाल सारथी नामक सामाजिक संस्थालाई एक लाख रुपैयाँ सहयोग गरेको छ।

मुक्तिनाथ विकास बैंक–सिटिजन लाइफ इन्स्योरेन्स सम्झौता

मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ।

राष्ट्रिय वाणिज्य बैंक आधा दर्जन शाखा थप्यो

राष्ट्रिय वाणिज्य बैंकले ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले डोल्पा जिल्लाको मुड्केचुलास्थित इल निलदहमा र पर्सा जिल्लाको ठोरीस्थित सुवर्णपुरमा शाखा सञ्चालनमा ल्याएको छ।

थापाठानामा एनआईसीको शाखारहित बैंकिङ सेवा

गाउँगाउँमा वित्तीय पहुँचका लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे एनआइसी एसिया बैंकले पर्वतको फलेवास नगरपालिका २ थापाठानामा बाह्रौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्