काठमाडौं– बैंक अफ काठमाण्डूले चुक्ता पुँजीको १३.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको २३औं वार्षिक साधारणसभाले उक्त बोनस दिने निर्णय गरेको हो।
साधारणसभामा छलफल तथा अनुमोदनका लागि पेस भएका अन्य सम्पूर्ण प्रस्तावहरु सभाले पारित गरेको बैंकले जनाएको छ । साथै, नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालसमक्ष बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले शपथ लिएको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १ श्रावण २०७५ ०१:०३ मंगलबार