काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले डोल्पा जिल्लाको मुड्केचुलास्थित इल निलदहमा र पर्सा जिल्लाको ठोरीस्थित सुवर्णपुरमा शाखा सञ्चालनमा ल्याएको छ। यस्तै, मनाङ जिल्लाको नेस्याङ गाउँपालिका–४, हुम्दे, रौतहटको मौलापुर नगरपालिका–५ मौलापुर, रौतहटकै इशनाथ गाउँपालिका–२, औरेया र मोरङ जिल्लाको कटहरी गाउँपालिका–३ कटहरीमा शाखा खोलेको बैंकले जनाएको छ।
उक्त नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंकको शाखा संख्या दुई सय एक पुगेको बैंकले जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरुप स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा सञ्चालनमा ल्याएको बताएका छन्।
बैंकले हाल ७३ जिल्लामा दुई सय एकवटा शाखा कार्यालय, एक सय ३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ एकाइबाट सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित: ३१ असार २०७५ ०३:१२ आइतबार