१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

थापाठानामा एनआईसीको शाखारहित बैंकिङ सेवा

पोखरा - गाउँगाउँमा वित्तीय पहुँचका लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे एनआइसी एसिया बैंकले पर्वतको फलेवास नगरपालिका २ थापाठानामा बाह्रौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले उद्धाटन गरे। 

ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने अपेक्षा गरिएको एनआइसी एसिया बैंक कुश्माका शाखा प्रबन्ध विजय चापागाईले बताए ।

बैंकले देशभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १३ वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको वासलातको आकार रु १७६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १२० अर्ब र कुल निक्षेप करिब रु. १५० अर्ब रहेको छ । यस्तै हालसम्म यस बैंकमा ग्राहकहरुको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

प्रकाशित: २९ असार २०७५ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App