१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

लक्ष्मी बैंकको तीन शाखा थपिए

काठमाडौं – लक्ष्मी बैंकले सिन्धुपाल्चोकको लिसानखुपखर, दार्चुलाको लेकम, र सप्तरीको बलान बिहुलमा नयाँ शाखा खोलेको छ।

योसँगै लक्ष्मीको शाखा ४५ जिल्लामा विस्तार भएको छ भने संख्या ८९ पुगेको छ। बैंकले तीन हस्पिटल सेवा काउन्टर, एक सय चारवटा एटिएम, २५ सयभन्दा बढी रेमिटेन्स काउन्टर, ५१ शाखारहित बैंकिङ तथा चार सयभन्दा बढी मोबाइल एजेन्टहरुबाट सेवा दिइरहेको छ।

शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा दिँदै हुरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्डलाई सशक्त पार्ने जनाएको छ। बैंकका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ५९.३२  अर्ब  रुपैयाँ निक्षेप र ५२.७३ अर्ब रुपैयाँ कर्जा पु-याएको बैंकको वासलातको आकार ७०.९० अर्ब रुपैयाँ छ।

बैंकले सय करोड हाराहारी खुद मुनाफा आर्जन गरेको र यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी भएको जनाएको छ।

प्रकाशित: ३१ असार २०७५ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App