१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

चट्याङ लागेर उदयपुरमा ३ को मृत्यु

उदयपुरमा बिहीबार दिउँसो चट्याङ लागेर २ बालबालिकासहित ३ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छ। सामान्य वर्षासँगै परेको चट्याङले जिल्लाको  लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछाका ३ स्थानीयको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस र ट्रक एक आपसमा ठोक्किँदा सातको मृत्यु

दक्षिण भारतीय राज्य टेलङ्गानामा ट्रक र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य २२ घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ।

सम्भोग गर्दागर्दै रुकुममा महिलाको मृत्यु, एक युवक पक्राउ

रुकुम सदरमुकाम मुसीकोट खलंगामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल मुसीकोट नगरपालिका वडा नं. १ खलंगा बस्दै आएकी अन्दाजी ३८ बर्षकी इच्छा बिसी बुधबार मृत फेला परेकी हुन्।

भारतमा आँधी र चट्याङबाट मृत्यु हुनेहरूकाे संख्या ५४ पुग्याे

भारतमा अाँधी र चट्याङ्मका कारण मृत्यु हुनेहरूकाे संख्या ५४ पुगेकाे छ।

बलात्कारमा मृत्युदण्ड!

केही समय भयो, नेपालमा अचानक जसरी नै बलात्कारका घटनाहरू बढ्न थालेका छन्। र, समाज सचेत भएका कारण त्यसविरुद्ध प्रदर्शन तथा खबरदारीका कार्यक्रमहरू पनि प्रशस्तै भएको देखियो। यस पटक यस्ता विरोधका कार्यक्रमहरू राजधानी काठमाडौँमा मात्र सीमित नभई मोफसलका जिल्लाहरूमा पनि विस्तार भएको पाइयो। तर यो विरोध प्रदर्शनमा भने विगतमा भन्दा फरक र एउटा नयाँ बहसको पनि सुरुवात भएको देखियो- बलात्कारीलाई मृत्युदण्ड।

भारतमा आँधी र चट्याङबाट ४७ जनाकाे मृत्यु

भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी कम्तिमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।

पोखरीमा डुबेर मृत्यु

सप्तरीको सुरुङ्गा नगरपालिका– २ हर्दियास्थित पोखरीमा डुबेर मंगलबार बिहान सुरेन्द्रप्रसाद चौधरीकी दुई वर्षीया छोरी सोराकुमारीको मृत्यु भएको छ।

चट्याङ लागेर मृत्यु

सीमावर्ती भारतीय बजार बजारघाटमा बेलौरी नगरपालिका– ७ पौलाहकी ४० वर्षीया सुकुनी चौधरीको चट्याङ लाग्दा मंगलबार मृत्यु भएको छ।

मलेशियामा मृत्यु भएका भाइको शव लिएर आएका दाजुको गाडीबाट खसेर मृत्यु

बैदेशिक रोजगारीको क्रममा मलेसिया रहेका भाइको मृत्यु भएपछि शव ल्याएर फर्किंदा गर्दा पिकअपबाट खसेर ताप्लेजुङको फक्तालुङ गाँउपालिका–२ का ४२ बर्षिय भक्तवहादुर लिम्बुको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाँउपलिकाको भारपामा पर्ने टारीमा गाडीबाट खसेर लिम्बुको मृत्यु भएको हो।

डडेल्धुरामा जीप दुर्घटना, ३ जनाको मृत्यु

के आई सिंह राजमार्गमा पर्ने डडेल्धुराको गजरौलामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ मा पर्ने गजरौलामा से १ ज ३३० नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्।

डोटीमा जीप दुर्घटना, तीनको मृत्यु

डोटीको गगुडामा यात्रु बोकेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।

श्रीलङ्कामा मौसमी वर्षाका कारण २३ को मृत्यु

श्रीलङ्कामा मौसमी वर्षाका कारण मृत्युहुने व्यक्तिको संख्या २३ पुगेको श्रीलङ्का प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ।

लेक लागेर डोल्पामा तीन यार्सा संकलकको मृत्यु

डोल्पामा यार्सा गुम्बा टिप्न गएका ३ यार्सा संकलकको लेक लागेर मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्