१५ मंसिर २०८१ शनिबार
image/svg+xml

सर्लाहीमा आश्रयस्थलमा राखिएका शिशुको मृत्यु

सर्लाहीको परवानीपुरस्थित एक विद्यालयकाे आश्रयस्थलमा रहेका एक शिशुको मृत्यु भएको छ। लालबन्दी नगरपालिका–१५, परवानीपुर झल्ला चौडीस्थित विद्यालयमा परवानीपुर शीर फुलजोरका तारादेव वाईवाका ५ महिने छोराको मृत्यु भएको हो।

चट्याङबाट दुईको मृत्यु, सात घाइते

दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्।

विदेशमा २८ नेपालीको मृत्यु

महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोबिड–१९) बाट नेपालमा अहिलेसम्म कसैको मृत्यु भएको छैन। तर विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीमध्ये ३० जनाले भने कोरोनाकै कारण ज्यान गुमाएका छन्।

सोलुखुम्बुमा प्रहरी हवल्दारको मृत्यु

सोलुखुम्बुमा कोरोनाको रोकथामका लागि ड्युटीमा रहेका प्रहरी हवल्दारको अचानक मृत्यु भएको छ । सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका ईन्चार्ज समेत रहेका ३८ वर्षिय प्रहरी हवल्दार शिवप्रसाद भट्टराईको आइतबार बिहान करिब ३ बजे अचानक मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक टेकुनन्द ईवा लिम्बुले जानकारी दिए ।

प्रहरी हवल्दारको मृत्यु

अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज देवीप्रसाद भट्टराईको  बिहान करीब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख  टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

न्यूयोर्कमा थप एक नेपालीको कोरोनाका कारण निधन

अमेरिकाको न्यूयोर्कमा अर्का एकजना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ६९ वर्षिय महेश अमात्यको बिहीवार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

रेबिजबाट मृत्युपछि  ६० लाई भ्याक्सिन

गोरखाको शहिद लखन गाउँपालिका–६ रानागाउँका ६० जना स्थानीयवासीलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ।

लकडाउनमा लगाइएको छेकबार नाघ्न खोज्दा खसेर मृत्यु

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ५ बुङकोटघाट पुलमा लगाइएको छेकबार पार गर्न खोज्दा खसेर एकजनाको मृत्यु भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका लागि लगाइएको छेकबार पार गर्न खोज्दा पुलबाट बगरमा खस्दा ३८ वर्षीय होमबहादुर रानाको मृत्यु भएको हो।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

रुखबाट लडेर मृत्यु

उदयपुरका अर्का पुरुषको घाँस काट्ने क्रममा सोमबार रुखबाट लडेर मृत्यु भएको छ। सोमबार दिउँसो घाँस काट्दै गर्दा लडेर घाइते भएका बेलका नगरपालिका २ का ४९ वर्षीय जितबहादुर मगरको उपचार गर्न नभ्याई मृत्यु भएको प्रहरीले जनाएको छ।

भिमादमा सेतीले बगाउँदा महिलाको मृत्यु

तनहुँमा सेती नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ। भिमाद नगरपालिका–५ ऋषिङपाटनकी ४४ वर्षिया पञ्चमाया गुरुङ घाँस काट्न जान सेती नदी तर्दै गर्दा बगाएको हो।

रूखबाट लडेर बृद्धको मृत्यु

जिल्लाको बेलाका नगरपालिका– ५ मा एक बृद्धको रूखबाट लडेर मृत्यु भएको छ। आईतबार विहान घाँस काट्ने क्रममा रूखबाट लडेर ७२ वर्षीय दलबहादुर राईको घट्नास्थलमै मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्