१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

रुखबाट लडेर मृत्यु

उदयपुर- उदयपुरका अर्का पुरुषको घाँस काट्ने क्रममा सोमबार रुखबाट लडेर मृत्यु भएको छ। सोमबार दिउँसो घाँस काट्दै गर्दा लडेर घाइते भएका बेलका नगरपालिका २ का ४९ वर्षीय जितबहादुर मगरको उपचार गर्न नभ्याई मृत्यु भएको प्रहरीले जनाएको छ।

घर नजिकैको कुुसुमको रुख चढेर घाँस काट्दै गर्दा अचानक चिप्लेर लड्दा गम्भीर घाइते उनलाई उपचार्थ विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा बाटोमा लाँदालाँदै मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

घटना भएको जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरबाट टोली खटाई कानुनी प्रक्रिया पूरा गर्ने काम भईरहेको एसपी मगरले बताएका छन्। अघिल्लो दिन मात्र बेलकामै एक बृद्ध घाँस काट्दै गर्दा रुखबाट लडेर मृत्यु वरण गर्न पुगेका थिए। आइतबार दिउँसो घर नजिकै जामुनको घाँस काट्दै गर्दा लडेर बेलका ५ का ७२ वर्षीय दलबहादुर राईको मृत्यु भएको थियो।  

प्रकाशित: २ वैशाख २०७७ १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App