१७ वैशाख २०८१ सोमबार
image/svg+xml

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ। भरतपुर–माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मङ्गलबारदेखि मर्मत गर्न थालिएको हो।

कच्ची घरको अभिलेखीकरण गर्दै माडी नगरपालिका

माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरूको अभिलेखीकरण सुरु गरेको छ। सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो।

विद्युतीय पासोमा परेर एकको मृत्यु

उनका अनुसार विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएका धीरनलाई शनिवार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो।

सरकारले पठायो हुँदै नभएको वडामा बजेट

अर्थ मन्त्रालयले माडी नगरपालिकाको नभएको वडा नम्बर १० लाई तोकेर कार्यक्रम पठाएको नगरप्रमुख ताराकुमारी काजि महत्तोले बताइन्।

सरकारी साढे ४ करोड लगानीको ‘सामूहिक खेती’ ३७ लाखमा ठेक्का

माडी नगरपालिका–८ स्थित कान्तिपुर गन्धर्व बस्तीका किसानहरूको आर्थिक अवस्था सुधार गर्न चार वर्षअघि राज्यले सामूहिक खेतीको अवधारणा ल्यायो। वाग्मती प्रदेश सरकारले कृषि पर्यटनको अवधारणा स्वरूप त्यहाँ साढे ४ करोड रूपैयाँ खर्च गरर्यो तर अहिले चलाउन नसकेपछि पूर्ण सञ्चालनमा नआउँदै ऋण तिरिदिने सर्तमा व्यक्तिलाई सञ्चालन गर्न दिइएको छ।

विद्यार्थीलाई निःशुल्क यातायात सेवा

कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पुर्‍याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो।

चितवनमा खुकुरी प्रहारबाट एक जनाको हत्या

माडी नगरपालिका वडा नम्बर ४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीको आफ्नै घरमा आज राती एक बजे खुकुरी प्रहार गरेर हत्या गरिएको हो।

बाँदरझुलामा लालपुर्जाः निकुञ्ज र भूमि आयोग आ-आफ्नै अडानमा

त्यहाँ २०४७ सालदेखि मकवानपुर, पर्सा, लमजुङ, तनहुँ लगायतका जिल्लाबाट सुकुम्बासीहरु आई बसोबास गर्न थालेका हुन्। त्यसयता गत पुस महिनासम्म ६६५ घरधुरी थिए। अहिले ९ सयको हाराहारीले लालपुर्जाको लागि निवेदन दिएका छन्। सोही स्थानमा लालपुर्जा छिट्टै वितरण हुने चितवन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वृद्ध मृत फेला

आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो। शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

चितवन निर्वाचन अपडेट

माडी नगरपालिका वडा नम्बर १ अपडेट ६०० मतमा मेयरमा ऋषि काफ्ले: हसिया हथौडा -२४१, ताराकाजी महतो: सूर्य-२७१ रहेका छन्।

खुट्टाको रड निकाल्दा मृत्यु, चिकित्सकलाई कारबाही गरिने

भरतपुरको मौलाकालिका अस्पतालले बिरामीको उपचार क्रममा गल्ती भएको स्वीकार गरेको छ। माडी नगरपालिका-५ राधापुरका रामप्रसाद तिवारीको खुट्टामा राखेको रड निकाल्ने क्रममा मंगलबार(हिजो) निधन भएको थियो।

अयोध्या धामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्