२० आश्विन २०८१ आइतबार
image/svg+xml

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको विषय बनेको छ।

चिया निर्यातमा भारतीय अवरोध

नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध गरेको छ। पूर्वको पानीट्यांकीस्थित भारतीय कस्टमले त्यहाँ पुगेका १ कन्टेनर र ११ ट्रक तयारी चिया ‘नमुना परीक्षण गराउन’ भन्दै रोकेर राखेको उद्योगीहरूले बताएका छन्।

भारतकाे १३ वटा राज्यमा ४८ घन्टे 'हाइ अलर्ट' जारी

अत्याधिक हावाहुरीका कारण भारतको जनजीवन प्रभावित भएको छ । भारतीय मौसम विभागले भारतको १३ वटा राज्यमा ४८ घन्टे हाइअलर्ट जारी गरेको छ । यो समयमा आमनागरिकलाई भारत सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।  मौसम विभागले आगामी ४८ घन्टामा मौसमले जस्तोसुकै रुप लिनसक्ने भन्दै आमनागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।

भारतीय प्रमको नेपाल भ्रमण कार्यक्रम स्वीकृत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ ।

मोदी सुरक्षाका लागि २५ भारतीय सैनिक जनकपुरमा

नेपाली पक्षले सुरक्षाको तयारी गरिरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि २५ जना भारतीय सुरक्षाकर्मी नेपाल आएका छन्।

वैकल्पिक लोकमार्गको आडमा तयारी गिट्टी भारत निकासी

त्रियुगा नगरपालिका–७ चुहाडेमा ‘धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजना (पूर्वी खण्ड) निर्माण सामग्री प्रशोधन प्लान्ट’ लेखिएको बोर्ड झुन्डिएको छ। बोेर्डको पछाडिपट्टि ठूलो प्लान्ट ‘क्रसर उद्योग’ सञ्चालित छ। चुरे वनसँगै टाँसिएर सञ्चालित क्रसर उद्योगको अभिलेख जिल्ला घरेलु तथा साना उद्योग कार्यालय उदयपुर (गाईघाट) मा छैन।

अपहरित विदेशी भारतीय इन्जिनियर भएको खूलासा

अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले अपहरण गरेका छ जना भारतीय इन्जिनियर भएको अफगानी अधिकारीले बताएका छन्।

भारतीय नागरिक छुटाउन प्रहरी चौकीमा आक्रमण, पाँच प्रहरी घाइते

पर्साको जीराभवानी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय सेंढवाको हिरासतमा रहेका अपहरणका आरोपी भारतीय नागरिक छुटाउन आएका स्थानीय र प्रहरीबीच झडप हुँदा ५ प्रहरी घाइते भएका छन् ।

पुनर्निर्माणमा भारतीय प्रतिबद्धता अलपत्र

भूकम्प पछि विभिन्न सम्पदाको पुनः निर्माणमा प्रतिवद्धता जनाएको भारतले तीन वर्ष भइसक्दा पनि सम्पदा निर्माण सुरु गरेको छैन।

भारत लैजाँदै गरिएको गाई, बाछाबाछी नियन्त्रणमा

नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ।

भारतलाई हराउँदै नेपाली सेना बन्यो अन्तर्राष्ट्रिय कराँतेको च्याम्पियन

खोटाङमा जारी सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाली सेना च्याम्पियन बनेको छ। सुरुदेखि नै अग्रता कामय गरेको नेपाली सेनाले ९ स्वर्ण, ५ रजत र २ कास्यसहित पहिलो स्थान ओगटेको हो।

भारतमा आँधीबाट मृत्यु हुनेकाे संख्या १४३ पुग्याे

उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ।

भारतमा अाँधीका कारण ७७ जनाको मृत्यु

उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ।

साना परियाेजनामा भारतीय दूतावासकाे सीधै लगानी

सरकारले सुटुक्क काठमाडौंस्थित भारतीय दूतावासलाई ५ करोड रुपैयाँसम्मको परियोजनामा लगानी गर्न अनुमति दिएको छ । अघिल्लो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतीय दूतावासलाई दिंदै आइएको उक्त सुविधालाई नविकरण नगर्ने निर्णय लिएको भएपनि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले साना परियोजनामा दूतावासलाई लगानी गर्न दिन सहमति जनाएको हो ।

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्