४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पूर्वराष्ट्रपति पार्ककी साथीलाई २० वर्ष जेल सजाय

दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हायकी नजिककी साथी चोई सुन–सिललाई २० बर्षको जेल सजाय तोकेको छ ।

पूर्वप्रधानमन्त्री जियालाई पाँच वर्षको जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेत्री खालिदा जियालाई भ्रष्टाचारको आरोपमा पाँच वर्ष जेल सजाय तोकिएको छ ।

पैसा चोर्ने विद्यार्थीलाई अनौठो सजायँ

भारतको पूर्वी प्रान्त झारखण्डको एक निजी विद्यालयमा बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएर विद्यार्थीलाई सजायँ दिइएको छ।

राजनीतिक बन्दीलाई रिहा गर्न आदेश, पूर्वराष्ट्रपतिको सजाय खारेज

माल्दिभ्सको सर्वोच्च अदालतले सरकारद्वारा बन्दी बनाइएका विपक्षी दलका नेताहरुलाई तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतले राजनीतिक नेताहरूमाथि लगाइएको मुद्दा राजनीति प्रेरित भएको ठहर गर्दै रिहा गर्न सरकारलाई आदेश दिएको हो।

विद्यार्थीलाई जेल सजायको विरोध

प्रतिबन्धित राजनीतिक दल मुिस्लम ब्रदरहुडलाई सहयोग गरेको अभियोगमा इजिप्टको एक अदालतले १९ विद्यार्थीलाई पाँच बर्षको जेल सजाय सुनाएकोमा अधिकारवादीले त्यसको विरोध गरेका छन्।

सांसद मनाङेलाई ५ वर्ष जेल सजाय

सर्वोच्च अदालतले दीपक मनाङे (राजीव गुरुङ) विरुद्ध तत्कालीन पुनरावेदन अदालत, पाटनले तोेकेको ५ वर्ष जेल सजाय सदर गरेको छ । २०६४ सालमा पुनरावेदन अदालत (हाल उच्च अदालत) पाटनबाट मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय फैसला भएको थियो । मनाङे प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

सर्वोच्चबाट दिपक मनाङेलाई पाँच वर्ष कैद सजायँ, सांसद पद स्वत: बदर

मनाङबाट ४ नम्बर प्रदेशका प्रदेश सभा सांसदमा विजयी राजीव गुरुङ (दिपक मनाङे) लाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ।

प्रश्नपत्र बेच्नेलाई जेल सजाय

विशेष अदालतले प्रश्नपत्रको गोपनीयता भंग गर्नमा संलग्न गोल्डेन गेट कलेज रातोपुलका निर्देशक देवीराम पाण्डेसहित छ जनालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ ।

ब्राजाली फरवार्ड रविन्हो बलात्कारी ठहर, ९ वर्ष काराबासको सजाय

इटालीको एक अदालतले ब्राजिलको राष्ट्रिय फुटबल टोलीका फरवार्ड रोविन्होलाई सामुहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको छ। सन् २०१३ मा रविन्होसहित अन्य पाँच जनाले डिस्कोमा रक्सी पिएर एक अल्बानियाली महिलालाई बलात्कार गरेको घटनामाथि इटालीको अदालतले बिहीबार फैसला सुनाएको हो।

जन्मकैद सजाय पाएका माओवादी नेता ढुंगेल पक्राउ

ज्यान मुद्दाका दोषी माओवादी नेता बालकृष्ण ढुंगेललाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ढुंगेललाई पाटन क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ गरेका ढुंगेललाई अदालतमा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले नागरिकन्युजलाई बतायो। 'अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो', प्रहरी स्रोतले भन्यो, 'अदालतमा बुझाउनुभन्दा अगाडि नै छुटाउ माओवादीको दवाब छ।'

थाई पूर्व प्रधानमन्त्री सिनावात्रालाई पाँच वर्ष जेल सजाय

थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय सुनाएको छ । लामो समयको सुनुवाईपछि बुधबार थाइल्याण्डको सर्वोच्च अदालत उनलाई भ्रष्टाचारको आरोपीमान्दै पाँच वर्षको सजाय सुनाएको थियो ।

इलाममा तीन कैदीको सजाय मिनाहा

दसैंको अवसरमा सदरमुकामस्थित कारगार (सुधारगृह)का तीन कैदीको माफी मिनाहा भएको छ। माफी मिनाहा पाउने इलाम पञ्चकन्याका ५२ वर्षे वीरेन्द्र राई, ताप्लेजुङ आङ्खोपका ४७ वर्षे हर्कबहादुर बुढाथोकी र विराटनगरका २६ वर्षे दीर्घराज गिरी छन्।

बीस वर्ष कैद सजाय पाएका अपराधी प्रहरीले नै भगायो

अदालतबाट कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाए भएका माओवादी केन्द्रका एक जना कार्याकर्तालाई बारा प्रहरीले पक्राउ गरी कारागार नपठाएर भगाएको छ। २० वर्ष कैद सजाए पाएका बिश्रामपुर गाउँपालिका २ बरैनिया गाउँका माओवादी केन्द्रका कार्याकर्ता अशोक कुमार साह कलवारलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार नपठाई भगाइदिएको हो।

बलात्कारी ठहर धर्मगुरुलाई आजीवन जेल सजाय हुनसक्ने

अदालतले बलात्कारी ठहर गरेका भारतको हरियाणका धर्मगुरू गुरूमित राम रहिम सिंहलाई आजीवन जेल सजायको फैसला हुनसक्ने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। अदालतले सिंहलाई दोषी फैसला गरे पश्चात् उनका समर्थकहरूले अदालतको निर्णयविरूद्ध हिंस्रक प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा ३६ जनाको मृत्यु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्