८ मंसिर २०८१ शनिबार
image/svg+xml

जिउ र जाडो

आच्छुआच्छु जाडो भो हिमालको हिउँले थुर्थुर– थुर्थुर कमायो खपेन खै जिउले । तातो– तातो भातमा झ्वार्रर पार्दा घिउले बल आई आँतमाजाडो खप्ला जिउले ।

मयुरझैं घुम्दैघुम्दै नाची पनि दिऊँला

सानी नानी सरिनाको गीत गाउने मन्छ , गीतसँग म नाचूँला उन्को भाइ भन्छ । राम्रो स्वरमा राम्रा गीत गाउनु नै पर्छ, यसो गर्दा आफैलाई रमाइलो हुन्छ।

धन्यवाद कोरोना

साना केटाकेटीहरू उनीहरूका बाबाका ढाडमा चढ्थे । बाबाचाहिँ घोडा बनेर हिँड्थे । कहिले आफ्ना बच्चालाई काँधमा राखेर बाबा घोडा दौडिएझैं दौडन्थे । त्यो दृश्य देख्दा अनुराग टोलाएर हेर्दथ्यो ।

भाका देऊ सीप देऊ मौका पनि देऊ

राम्रो स्वरमा राम्रा गीत गाउनु नै पर्छ, यसो गर्दा आफैलाई रमाइलो हुन्छ। बाबा देऊ राम्रा गीत गुरुआमा देऊ भाका देऊ सीप देऊ मौका पनि देऊ हामी साना नानी मिली गीत गाइदियूँला, मयूरझैं घुम्दैघुम्दै नाची पनि दिऊँला ।

म के बनूँ !

म के बनू भन्ने प्रश्न दिमागमा खेल्यो, अनेकन पीडाहरू यसले नै झेल्यो । लौ न बाबा लौ न आमा सुझाउनू जुक्ति, अन्योलको जालोबाट दिलाउन मुक्ति ।

मामाघर

जाऊँ आमा, मामाघर धेरै भयो नगा’को हलुवा–पुरी कुरौनी धेरै भयो नखाको। नाना किनिदिनुहुन्छ हजुरबा र आमाले सुहाउँछ भन्छन् सबै रातो राम्रो जामाले।

खेल्दै – खेल्दै आँगनीमा आयो मेरो भाइ

खेल्दै – खेल्दै आँगनीमा आयो मेरो भाइ,मुने पाठो खेल्दै थियो उफ्रीउफ्री त्यहीं ।परेवीका बचेरा नि चारा खाई –खाई, खेल्दै थिए त्यहीँ पुग्यो हेर मेरो भाइ ।समाउन खोज्छ भाइ मुने पाठालाई,भाग्छ मुने पाठो उतै जान्छ मेरो भाइ।

भोटे दाइ

हिउँ पर्ने डाँडामा गर्मी चढिसक्यो कि, आगो ताप्न भनेर हिटर उतै लग्यो कि । डम्फु मादल बजाई भोटेसेलो गाउँदैन जाडो लाग्यो भनेर कम्मल बोकी ल्याउँदैन अचेल हाम्रो आँगनमा भोटे दाइ आउँदैन।

मेलमिलाप

जाडो बिदा सकिएपछि मोहन मामाघरबाट आफ्नो घर आयो र रमेश बाबाले काम गर्नुभएको ठाउँ इलाम घुमेर आफ्नो घर आयो । दुवै जना स्कुलको पढाइ सुरु भएपछि संगै स्कुल पढ्न जान थाले । स्कुलको वार्षिक परीक्षा नजिकै आइरहँदा दुवै जनाले मेहनतसाथ पढेर मोहन प्रथम र रमेश दोस्रो हुन सके आफ्नो कक्षामा ।

उड्ने घोडा

नितिक – आमा मेरो स्कूललाई फोन गरेर नेपालगन्ज बोलाउन आमा तिमीले म यहीँ पढ्छु । उसको आसय थियो स्कूल बसलाई यतै बोलाउनुहोस् भन्ने । बालसुलभ बोली कति मिठो आहा कति मन छुने थियो । बालकहरूले आफ्नो बुद्धिविवेक प्रयोग गरेर ठूलो समस्यालाई एक चुट्कीमै समस्या समाधन गर्छन् । यति मिठो सुझाव नातिबाट पाएपछि आमाले हुदैन भन्न सक्नु भएन ।

जाडो

आयो है आयो दाज्यै जाडो आयो, मंसिरभन्दा पुसमा अझै बढ्दै आयो। माघमा झन् बढ्छ अरे पापी जाडो, न्याना नाना लाउनपर्छ छल्न जाडो।घाम लाग्दा घामै तापौं छल्न जाडो, साँझ हिटर बाली तापौं भाग्छ जाडो।

विलासी विश्व

लक्ष्मी – महत्त्वाकाङ्क्षी इच्छामा हात्तीको जति र आवश्यकतामा कमिलाको टाउको जति खर्च हुँदो रहेछ । कृष्ण – हो त नि, यस संसारले सबैलाई खुसी पारेको छ । तर, विलासी इच्छाहरूलाई बेखुसी छाडेको छ । त्यसैले त कुपोषणका रोगीका तुलनामा कैयौँ गुना मनोरोगी छन् । रन्जु – यस्तै विलासी इच्छा पूरा नहुनाले नै मान्छे आत्महत्या गर्न तम्सन्छ । गरीबभन्दा धनी मुलुकमा आत्महत्या गर्ने बढ्नु यसकै प्रमाण हो ।

जन्मदिनको चकलेट

कोपिलाले अनुहार मलीन गर्दै भनिन् । ‘दिदी मलाई माफ गरिदिनु होला । मैले हजुरजस्तो इमानदार व्यक्तिसँग झूट बोलें । आज मेरो जन्मदिन । बाआमासँग पनि पैसा थिएन । मसँग पनि थिएन । हजुरले पैसा दिनुहुन्न कि भनेर मैले आमा बिरामी छ भनेर झूट बोलेर गल्ती गरें । मलाई माफ गरिदिनुस् दिदी । म विद्यालयका साथीहरूलाई वर्थडे पार्टी दिन चाहन्थें । त्यसैले यो सबै गरें । अब यस्तो गल्ती गर्दिन ।

आमा

नौनौ महिना कोखमा राखी, जन्म दियौ आमा तिमीले, सन्तान खुसी बनाउनलाई दुख – पीडा भोग्यौ तिमीले। आमा तिमी महान छौ, हामीलाई माया गर्ने। हुर्काइ, बढाइ, पढाइ, लेखाइ,पालान – पोषण गर्ने।

चरीको देश

उडी जाने चरीको कति राम्रो भेष कहाँबाट आयौ चरी ! जान्छौ कुन देश ? तिमीलाई सबै आफ्नै छैनन् कोही टाढा जहाँ रहे पनि तिमी बन्छौ सबका प्यारा हाम्रो भने देश छुट्टै बोली–वचन छुट्टै जहाँ रहूँ तिम्रो आवाज लाग्छ है दुरुस्तै ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्