१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

३८ करोड बढी मुआब्जा वितरण

टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओग्टने नम्बरी जग्गा र भौतिक संरचनाका लागि ३८ करोडभन्दा बढी मुआब्जा वितरण गरिएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलको लागि ३८ करोड बढी मुआब्जा वितरण

टाँगिया वस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने नम्बरी जग्गा र भौतिक संरचनाको लागि ३८ करोड मुआब्जा वितरण गरिएको छ।

लन्डन बिमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक विमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। इसाई धर्मावलम्बीको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौं यात्रु ड्रोनका कारण विमानस्थल बन्द गरिएपछि विमानस्थलमै अलपत्र परेका थिए।

ठेकेदारको लापरबाहीले जहाज चढ्ने सपना अधुरै

२०४२ सालबाट निर्माण कार्य थालिएको सुनथराली विमानस्थल परीक्षण उडानमै सीमित भएको छ। २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलकाे संरचना निर्माणमा कसैकाे पनि चासो नजाँदा परीक्षण उडानमै सीमित विमानस्थल सीमित भएकाे छ।

‘प्रचार गरिएजस्तो वन विनाश हुँदैन’

निजगढ विमानस्थल निर्माण गर्दा प्रचार गरिएजस्तो वन विनाश नहुने निष्कर्ष सार्वजनिक भएको छ। राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले स्थलगत अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विमानस्थल बनाउँदा वन विनाश र वातावरण प्रतिकूल नहुने तथा वन्यजन्तु आगमनमा पनि अप्ठ्यारो नपर्ने उल्लेख छ।

गौतमबुद्ध विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमलाई नदिइने भएको छ। निगमले आफूले पाउनुपर्ने दाबी गर्दै आए पनि नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा प्रतिस्पर्धामात्रै दिने भएको हो।

जुम्ला विमानस्थलको मर्मत कार्य अन्तिम चरणमा

जुम्ला विमानस्थलको स्तराेन्नती कार्य अन्तिम चरणमा पुगेको छ। स्तराेन्नती लागि भन्दै गत कार्तिक ८ गते देखि विमानस्थल बन्द गरिएको थियो।

विमानस्थलको आधा अर्ब उठ्न बाँकी

वायुसेवा कम्पनीहरुले विमानस्थल प्रयोगबापत त्रिभुवन विमानस्थल कार्यालयलाई तिर्न बाँकी रकम झण्डै आधा अर्ब पुगेको छ।

बक्यौता नतिरेपछि सौर्यको उडान रोक्का

विमानस्थल प्रयोगबापतको शुल्क लामो समयदेखि नबुझाएपछि सौर्य एयरलाइन्सको उडान रोक्का गरिएको छ।

मलेसियाली विमानस्थलमा महिनौं राेकिएका शरणार्थी क्यानडा पुगे

मलेसियाको विमानस्थलमा सात महिना बिताएका एक सिरियाली शरणार्थी सोमबार क्यानडा पुगेका छन्। क्यानडाले राजनीतिक शरण दिएपछि सात महिना मलेसियाली विमानस्थलमा अड्किएका सिरियाली शरणार्थी हसन अल–कोन्तार क्यानडा पुगेको बिबिसीले उल्लेख गरेको छ।

अब त्रिभुवन विमानस्थलमा यसरी गर्नुस् पार्किङ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवारी साधनको पार्किङ नयाँ पार्किङ भवनमा सारेको छ। अन्तर्राष्ट्रिय टर्मिनल भवन अगाडिको पार्किङ सरेपछि विमानस्थल क्षेत्रभित्रको चाप केही हदसम्म घटेको विमानस्थलले जनाएको छ।

महिना बित्यो, खुलेन् विमानस्थल

कर्णालीकै सुविधा सम्पन्न जुम्ला विमानस्थल स्तरउन्नतीको लागि बन्द भएको एक महिना बितिसक्दा पनि अहिलेसम्म खुल्न सकेको छैन्। कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरिएको थियो। मंसिर ८ गतेसम्म स्तरउन्नतीको जिम्मा पाएकोमा ९ गतेदेखि विमानस्थलमा जहाज अवतरण हुनुपर्ने भन्दै स्थानीयले आक्रोश पोखेका छन्।

जहाजभित्रै यात्रुको मृत्यु

रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको ट्वीन-अटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ। शनिवार दिउँसो १२ः३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको नाइन एन एइटी  कलसाइनको उडान नं ७१६ जहाजमा मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षीय धिरबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका छन्।

त्रिभुवन विमानस्थलमा उडान प्रभावित

मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार जाडो मौसममा भिजिबिलिटी कम भएकाले उडान प्रभावित भएको हो। क्षेत्रीले वैकल्पिक विमानस्थल प्रयोग गर्न यात्रुलाई सुझाव दिएका छन्।

पोखरा विमानस्थलको धावनमार्ग मर्मत सुरु

पोखरा विमानस्थल धावनमार्गको मर्मतसम्भार सुरु गरिएको छ । मर्मतसम्भारका लागि आइतबारदेखि १५ दिनसम्म दिउँसो ३ बजेपछि भोलिपल्ट ६ बजेसम्मका सबै उडान र अवतरण बन्द गरिने नागरिक उड्डयन प्राधिकरणले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्