इतिहास रचेकाे नेपाली टाेलीलाई विमानस्थलमा भव्य स्वागत
युएई विरुद्धको एकदिवसीय र टी-२० सिरिज जितेको नेपाली टोली स्वदेश आइपुगेको छ। नेपाली टोली दिउँसो करिब ४ बजे त्रिभुवन विमानस्थल आइपुगेको हो।
युएई विरुद्धको एकदिवसीय र टी-२० सिरिज जितेको नेपाली टोली स्वदेश आइपुगेको छ। नेपाली टोली दिउँसो करिब ४ बजे त्रिभुवन विमानस्थल आइपुगेको हो।
झण्डै पाँच वर्षदेखि नेपालले भारतसँग माग गरिरहेको नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरमा थप्ने हवाई रुटमा सहमति नजुटे पनि भैरहवामा हवाई रुट थप्न सहमति भएको छ। रुट थप्न सहमति नदिँदा २०७६ जेठबाट सञ्चालनमा आउने निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन लक्षित मितिमा हुनेमा अन्योल थियो।
बुद्ध एयरले भद्रपुरमा विमानस्थलमा रात्रिकालीन विमान उडानको परीक्षण गरेको छ। बुद्धले बुधबार साँझ भद्रपुरको चन्द्रगढी विमानस्थलमा आइएफआर ‘इन्स्टुमेन्ट फ्लाइट रुल्स’ अन्तर्गत रात्रिकालीन उडान परीक्षण गरेको हो।
नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जिटुजी (दुईपक्षीय सरकारी सम्झौता) मोडलमा चलाउन नेपालमा रहेका विभिन्न मुलुकका दूतावाससँग प्रस्ताव माग गर्ने तयारी गरेको छ। आगामी जेठबाट सञ्चालनमा आउन लागेको विमानस्थल जिटुजी मोडलमा सञ्चालन गर्ने निर्णय प्राधिकरण बोर्डले यसअघि नै गरिसकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठले १४ करोड बराबर भ्रष्टचार गरी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
उपत्यकामा न्यून भिजिबिलिटीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान बन्द भएको छ। आइतवार विहानैदेखी ठप्प विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान अवतरण बन्द बन्द भएको हो। विहानैदेखी सिमसिमे वर्षा तथा हुस्सुका कारण भिजिबिलिटी एकदमै हुँदा उडान अवतरण बन्द गर्नु परेको विमानस्थल प्रशासनले जनाएको छ।
हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल तीन दिनसम्म पनि नखुलेपछि यात्रु मर्कामा परेका छन्।
मौसममा आएको खराबीका कारण बुधबार हिमाली तथा उच्च पहाडी क्षेत्रका सबै हवाई उडान रद्द भएका छन्। विमानस्थलका अनुसार झण्डै ५० उडान रद्द भएका हुन्। त्रिभुवन विमानस्थलबाट सोलुखुम्बुको लुक्लाको लागि हुने १३ उडान रद्द भएका छन्।
भारी वर्षाका कारण माटो कटान हुँदा जोखिममा परेको खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल मर्मतमा चरम ढिलासुस्ती भएको छ। गत जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको डिलको माटो कटान सुरु भएपछि उच्च जोखिममा परेको विमानस्थल मर्मतमा ढिलासुस्ती भएको हो।
पच्चीस वर्षअगाडि पाइलो हाल्दै सुवर्णभूमि विमानस्थल पुगेको थिएँ– ट्रान्जिटस्वरूप। विशाल समुद्रसँग टाँसिएको थाइल्यान्ड स्मृतिमा धुमिल छ– आकाशबाट देखिएजति।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रिकालीन उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रियतर्फ मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिकमा पनि रात्रि उडान सञ्चालन गरिरहेको छ ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने जग्गालाई सुरक्षित राख्न तारबार गर्ने ठेक्का पाएको निर्माण कम्पनीले बदमासी गरेको पाइएको छ। टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने ऐलानी र निजी जग्गा सुरक्षित राख्न पहिलो चरणमा तारबारले घेराउ गर्न लागिएको हो।
नेपालको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको कार्गो भवन निर्माण सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले कार्गो भवनको शिलन्यास गरी निर्माण कार्य सुरुवात गरेका हुन्।
नागरिक उड्डयन प्राधिकरणले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जिटुजी (दुईपक्षीय सरकारी सम्झौता) मोडलमा सञ्चालन गर्ने प्रस्ताव गरेको छ। आगामी जेठबाट सञ्चालनमा आउन लागेको विमानस्थल जिटुजी मोडलमा सञ्चालन गर्ने निर्णय प्राधिकरण बोर्डले यसअघि गरिसकेको छ। त्यसको लागि स्वीकृति माग्दै शुक्रबार तालुक मन्त्रालयमा पत्र पठाएको प्राधिकरणले जानकारी दियो। प्राधिरकणको प्रारम्भिक अध्ययन अनुसार पनि जिटुजी मोडल उपयुक्त हुने देखिएको छ।
डोल्पाको जुफाल विमानस्थलमा एक्सरे मेसिन नहुँदा यात्रुलाई समस्या भएको छ। एक्सरे मेसिनको अभावमा जोखिम मोलेर हातैले छामछुम गर्नुपर्ने बाध्यता रहेको सुरक्षाकर्मीले बताएका छन्।