२७ आश्विन २०८१ आइतबार
image/svg+xml

कोभिड विरुद्धकाे दोस्रो चरणको खोपका लागि १५ केन्द्र तोकिए

५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको छ। खोप लगाउने केन्द्र अस्पताल नै हुनुपर्ने भएकाले कामपाले १५ अस्पताललाई केन्द्र तोकेको छ।

दुई वर्षपछि नवलपुरमा सार्वजनिक भए विप्लव, प्रहरी स्कर्टिङमा काठमाडौं आउँदै

सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन्।

पश्चिमी वायुको प्रभाव केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले बताए।

काठमाडौं महानगरपालिकाद्वारा आकाशेपुल मर्मत र निर्माण

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छन्। अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए।त्यसैगरी नयाँ पुल निर्माणको पहिलो चरणमा चावहिल र पुरातत्व विभाग अगाडि निर्माणको काम सम्पन्न गरी प्रयोगमा नै आइसकेका छन्।

अनधिकृत व्यापार हटाउन पुरातत्त्व विभागसँग माग

वसन्तपुरसहित काठमाडौंका विश्व सम्पदा क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व जोगाउनु विभागको पनि दायित्व हो', पत्रमा भनिएको छ। वसन्तपुर क्षेत्रमा विभागले हेर्नुपर्ने स्थान भोगचलन गरी भवनमा पुरातात्विक महत्वविपरीत व्यापारिक प्रयोजनमा ल्याइएको जनगुनासो आएपछि कामपाले विभागलाई पत्र पठाएको जनाएको छ।

रहेनन् ‘डाक्टर बा’

नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्वसांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राति काठमाडौंमा निधन भएको छ। भारतबाट एमबिबिएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका उप्रेतीले थप ४० वर्ष झापाको शनिश्चरेमा बसेर त्यस क्षेत्रका बिरामीहरूको निःशुल्क उपचार गरेका थिए।

मेलम्ची पानी वितरण गर्न २० अर्बको संरचना

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्‍याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ।काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्‍याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

खुलामञ्चमा राखिएका सामग्री हटाइँदै

काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ।

हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदूषण

हिउँदे वर्षा नहुँदा काठमाडौंलगायत देशभर प्रदूषण ह्वात्तै बढेको छ। वातावरण विभागका अनुसार सोमबार दिउँसो काठमाडौंको रत्नपार्कमा एयर क्वालिटी इन्डेक्स (वायु गुणस्तर सूचकांक) १ सय ६१ सम्म पुगेको छ।

काठमाडौं महानगरपालिकाले क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने

काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने भएको छ। यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ।

सम्पदा संरक्षणमा महानगर प्रतिबद्ध

सम्पदा संरक्षण गर्ने नाममा नेवार समुदायलाई एकआपसमा लडाउने तत्व सक्रिय भएको भन्दै उनले सम्पदा अभियन्ताहरू बनेर सम्पदा बनाउनै नदिने व्यक्तिहरूबाट बच्नसमेत आग्रह गरे। हाल कमलपोखरी पुनर्निर्माणमा समेत अनावश्यक विवाद सिर्जना गरिएको शाक्यले बताए।

‘सबैलाई समेटेर अघि बढ्छु’

अन्य विश्वविद्यालयमा उपकुलपति पद रिक्त हुँदा उपकुलपति पाउन महिनौं कुर्नुपर्ने अवस्थामा काठमाडौं विश्वविद्यालयले भने यस पटक समयमै उपकुलपति प्राप्त गरेको छ। राजनीतिक खिचातानीमा अल्झिएका नेपालका विश्वविद्यालयलाई काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिले नमुना साबित भएको छ।

प्रचण्ड-नेपाल समूहको प्रदर्शनले काठमाडौंमा सवारी अस्तव्यस्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहको प्रदर्शनका कारण काठमाडौंमा ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।

काठमाडौं विश्वविद्यालयमा थापा

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थापालाई सो पदमा नियुक्त गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रवक्ता दीपक शर्माले बताए।

काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

रविभवन स्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ। आगलागी भएपछि सुरक्षाकर्मीले अपार्टमेन्ट रहेका मानिसलाई उद्वार गरेर बाहिर निकालेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्