६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

रविभवन स्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ। आगलागी भएपछि सुरक्षाकर्मीले अपार्टमेन्ट रहेका मानिसलाई उद्वार गरेर बाहिर निकालेका थिए।

आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकाका दमकल प्रयोग गरिएको थियो। काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार अहिले आगो नियन्त्रणमा आएको छ।

के कारणले आगलागी भयो भन्ने प्रष्ट हुन नसकेपछि विद्युत सर्ट भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित: ५ माघ २०७७ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App