१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर

नुवाकाेटका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन्। पञ्चकन्या गाउँपालिका–५ साविक भदु्रटार–३ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई कारागार चलान भएका हुन्।

६७ औं जन्मदिनमा प्रधानमन्त्री ओलीले काटे केक

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको ६७ औ जन्मदिनको अवसरका प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ।

डा. केसीको प्रष्टोक्ति : मानवीय त्रुटीका कारण मेरो जन्ममितिमा गल्ती

डा. गोविन्द केसीले प्राविधिक त्रुटीबश आफ्नो चारित्रिक प्रमाणपत्रमा जन्म मिति गल्ती भएको बताएका छन्। वुधबार एक पत्रकार सम्मेलन गर्दै केसीले एसएलसीको चारित्रिक प्रमाणपत्र बाहेक सबै शैक्षिक प्रमाणपत्रहरुमा आफ्नो जन्म मिति २०१३ असोज १७ रहेको र प्रविधिक त्रुटिवस एसएलसीको प्रमाणपत्रमा २०१३ माघ २४ हुन गएको केसीले बताए।

करण केसी जन्मठाउँ पुग्दा…

मंगलबार नेपाल बन्दका कारण बजार सुनसान थियो। सोमबार रातीको बम विस्फोट र मंगलबार बिहानै बागलुङमा बजारमा भेटिएको बमको खबरले जनजीवन त्रसित थियो। यसैबीचमा फैलियो, नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी बागलुङ आएका छन् ।

‘अर्को जन्ममा छोराको प्रेमिका हुन चाहन्छु’

बलिउड यस्तो बजार हो जहाँ एकाएक फन्डाले बजार पिट्ने गर्छ। यस्तै एउटा घटना बाहिर आएको छ। जहाँ अभिनेता निलनितीत मुकेशकी आमाले अर्को जन्ममा आफ्नै छोराको प्रेमिका भएर जन्मिन चाँहेको सनसनीपूर्ण बयान दिएर बलिउड बजार तताएकी छन्।

पत्नीप्रेमले जन्माएको आविष्कार

एर्ली डिक्सन एक अमेरिकी नागरिक जोन्सन एन्ड जोन्सन कम्पनीमा कार्यरत थिए । उनी जोसेफाइन नाइटसँग वैवाहिक सम्बन्धमा बाँधिएका थिए । बिहे भएको धेरै समय भएको थिएन । हनिमुनको मजा लिइरहेका थिए । उनले आफ्नो नवविवाहित जीवन संगिनीलाई औधि प्रेम गर्थे ।

‘मास्टर’ जन्माउने गाउँ

सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोटमा एक सय ५० घरधुरी मिलेर बनेको आला गाउँ छ। पहिलो पुस्ता कृषीमा निर्भर छन्। आर्थिक रुपले सम्पन्न हुँदै जाँदा उक्त पुस्ताले अर्को पुस्तालाई कृषी संगै अध्ययनमा लगाए। फलस्वरुप यो गाउँले ‘मास्टर’ (शिक्षक) जन्मायो।

विहेअघि बच्चा जन्माउनु गलत होइन : श्रुति हासन

बलिउड अभिनेत्री श्रुति हासनले विहेभन्दा पहिला बच्चा जन्माउनु गलत नभएको तर्क गरेकी छन्। आइतबार आफ्नो ३२औं जन्ददिन मनाइरहेकी श्रुतिले हालै एक अन्तर्वार्तामा आफूले विहेअघि नै बच्चा जन्माउने संकेत गरेकी हुन।

चुनावी नाराले जन्माएको महत्वाकांक्षा

प्रदेशसभा निर्वाचनमा दाङ–२ (क) बाट चुनाव लडेका एमाले नेता शंकर पोखरेलद्वारा जारी चुनावी प्रतिबद्धतापत्रको पहिलो बुँदा हो यो । चुनावकै बेला ‘वेटिङ’ मुख्यमन्त्रीका रुपमा हेरिएका पोखरेलको यही प्रतिबद्धता सुनेर दंगाली मतदाता निकै उत्साहित भए । जनतामा राजधानीको महत्वाकांक्षा ह्वावत्तै बढ्यो ।

चीनमा जन्मदर घट्यो

चीनमा जन्म दर घटेको छ । चीन सरकारले यहाँका सबै दम्पत्ति लाई दुई सन्तान जन्माउने अनुमति दिइएको भए पनि जन्म दरमा भने झनै कमी आएको समाचारमा जनाइएको छ ।

बलात्कारबाट जन्मिएकी छोरीको जन्मदर्ता कसरी ?

कोही नयाँ मान्छे भेट्नेबित्तिकै मेचीनगरकी ३१ वर्षीया गीता चौधरी (नाम परिवर्तन) को प्रश्न हुने गर्छ– पिताले नसकारेका सन्तानको जन्मदर्ता हुन्छ कि हुँदैन ?

छोराको जन्मदिनमा वडाध्यक्षले दिए चर्पी उपहार

झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ । उनी चर्पीदाताको रुपमा चिनिन थालेका छन्।

छोरी जन्मिए एक हजार प्रोत्साहन भत्ता

बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको छ।  नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको हो।

जन्मदिनमा दीपिकाले के भनिन् ?

बलिउड अभिनेत्री दीपिका पादुकोणले आफू फिल्म उद्योगको विद्यार्थी भएको बताएकी छन्। शुक्रबार परेको आफ्नो जन्मदिनको अवसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै दीपिकाले आफ्ना गल्ती र शुभचिन्तकको सुझावबाट लागातार सिक्दै आएको बताइन्।

जन्मदिनमा इन्गेजमेन्ट ?

बलिउड नायिका दीपिका पादुकोण नयाँवर्षको पूर्वसन्ध्या र नयाँ वर्षपछि दुई कारणले चर्चामा आइन् । नयाँ वर्ष २०१८ को पूर्वसन्ध्यामा उनको शीर्ष अभिनिय रहेको फिल्म ‘पद्मावती’लाई भारतीय फिल्म सेन्सर बोर्डले लामो समयको विवादपछि पास सर्टिफिकेट दियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्