९ आश्विन २०८१ बुधबार
image/svg+xml

आयरल्याण्डमा गर्भपतनको पक्षमा स्पष्ट बहुमत

अायरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनमाथि भएको जनमत संग्रहपछिको मत सर्वेक्षणले ठूलो संख्यामा मतदाताले कानूनलाई उदार बनाइनुपर्ने पक्षमा मतदान गरेको देखाएका छन्।द आइरिस टाइम्स र आरटीइले गरेको मत सर्वेक्षणका अनुसार ६९ प्रतिशत मतदाताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका छन्।

जबर्जस्त गर्भपतन गराउने जनप्रतिनिधि धरौटीमा रिहा

जबर्जस्त गर्भपतन गराएको आरोपमा पक्राउ परेका सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई धरौटीमा रिहा गरिएको छ । जबर्जस्त गर्भपतन गराएको आरोपमा प्रक्राउ परेका गाउँकार्यपालिका सदस्य रुद्रबहादुर सुनारसहित उनकी दुई श्रीमतीलाई २५औं दिनमा रिहा गरिएको हो ।

ग्रामीण बस्तीमा प्रभावकारी बन्दै सुरक्षित गर्भपतन

केही वर्ष पहिलासम्म घरेलु जटीबुटीको प्रयोग गरी असुरिक्षत तवरमा गर्भपतन गराउने महिला अहिले भने सुरक्षित गर्भपतनतर्फ आकर्षित हुन थालेका छन्।

गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिइँदै

अनिच्छित गर्भधारण रोक्नका लागि अस्थायी साधनको प्रयोग नगर्दा र चेतना भएर पनि हेलचक्रयाइँ गर्ने गरेका कारण नवलपरासीमा गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको छ।परिवार नियोजनको  साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गरेका कारण सुरक्षित गर्भपतनकै दुरुपयोग भएको छ।

सुरक्षित गर्भपतन सेवामा अवरोध

नेपाल सरकारसंग साझेदारका रुपमा सहयोग गर्ने भन्दै काम गरिरहेको एउटा गैरसरकारी संस्था (आइएनजीओ)ले सरकारले कानून तह संचालन गरिरहेको सुरक्षित गर्भपतन सेवा प्रबाहमा अबरोध पु¥याउन थालेको छ।

गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै

सीमा राना (नाम परिवर्तन) अहिले २० वर्षकी भइन् । उनी काठमाडौँकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्।  थापाथलीस्थित प्रसुति गृहमा भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन् । अविवाहित उनले केटा साथीले परिवार नियोजनको साधन प्रयोग गर्न नमानेकाले गर्भ रहेको बताइन् ।  सीमा मात्र होइन काठमाडौँका विभिन्न क्लिनिकमा दिनहुँ जसो स्कुल÷कलेजका किशोरी असुरक्षित सम्बन्धपछि रहेको गर्भ फाल्नका लागि आउँछन्।

सुरक्षित गर्भपतन : अबको बाटो

२०५९ असोज १० गते भएको मुलुकी ऐनको ११ औँ संशोधनले नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । यही दिनको सम्झनामा र विश्वमा मनाइने सुरक्षित गर्भपतन दिवसको सन्दर्भ पारेर नेपालमा पनि गत तीन वर्षदेखि हरेक असोज १० गते परिवार स्वास्थ्य महाशाखाले सुरक्षित गर्भपतनका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसकोे आयोजना गर्दै आइरहेको छ ।

असुरक्षित गर्भपतन नगरौं

अनिच्छित गर्भलाई सुरक्षित रूपमा अस्पतालमा फाल्न सकिन्छ । अस्पताल बाहिर वा अन्यत्र गएर गराइएको गर्भपतन असुरक्षित तथा महँगो हुने गर्छ । सुरक्षित गर्भपतन सेवा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा तालिमप्राप्त चिकित्सकबाट गराइने गर्भपतन ९८ प्रतिशत सुरक्षित हुन्छ ।

बलात्कार पीडित १० वर्षे बालिका गर्भवती : गर्भपतनमा अदालतको रोक

भारतमा एक दश वर्षे बलात्कार पीडित बालिका गर्भवती भएको विषय भारतीय सञ्चारमाध्यममा ठूलो समाचार बनेको छ। 'हामीले १४ देखि १५ वर्षे किशोरावस्थामा गर्भवती भएको थुप्रै घटना देखेका छौं तर १० वर्षे बालिका गर्भवती भएको घटना मैले पहिलो चोटी देखिरहेको छु,' चण्डिगढ राज्य कानुनी सेवा प्राधिकरणका महाभिर सिंहको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

गर्भपतनको औषधि जथाभाबी बिक्री

सूचीकृत स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवन गर्न पाइने औषधि जथाभाबी बिक्री भएको पाइएको छ। गर्भपतन गराउन प्रयोग हुने मेडावोन, एमटिपी किट्स, मेरिप्रिस्ट र पे्रग्नोकिट गरी चार औषधि औषधि व्यवस्था विभागमा दर्ता भएका छन्। मेडावोन र एमटिपी किट्स भारतीय उत्पादनका हुन् भने मेरिप्रिस्ट र पे्रग्नोप्रिस्ट किट्स नेपाली। तर, बजारमा यी बाहेक ३० प्रकारका औषधिसमेत बजारमा भेटिन्छन्।

एक वर्षमा ४ पटक गर्भपतन गराउँदा...

पतिको करकापमा परी एक वर्षमा ४ पटक सम्म गर्भपतन गराउदाँ चीनमा युयु नाम गरेकी महिलाको मृत्यु भएको छ ।

चावहिलमा गर्भपतन निहूँमा प्रेमिकाको हत्या

काठमाडौँको चावाहिल नजिकै गंगाहिटीमा एक युवकले गर्भपतन गरेको निहूँमा प्रेमिकाको हत्या गरेका छन् । रामेछाप रस्नालु –८ घर भई गंगाहिटी बस्दै आएकी २३ वर्षीया संचिता पाख्रिन (तामाङ)को उनका प्रेमी दोलखा वैतेश्वर २ का २४ वर्षीय प्रशान्त तामाङले हत्या गरेका हुन् ।

असुरक्षित गर्भपतनले महिला गम्भीर

वीरगन्ज मौजीश्री शिश्रवा–२८ की २१ वर्षीया चन्दादेवी प्रजापति यतिखेर अस्पतालको बेडमा छटपटाइरहेकी छिन्। औषधि पसलेबाट गर्भपतन गराउँदा जटिल समस्या देखिएपछि उनी सिकिस्त भएकी हुन्। चैत २९ गते उपचारका लागि एम्बुलेन्समा राखेर उनलाई शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको थियो।

अझै असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या बढी

गर्भपतनले कानुनी मान्यता पाएको १७ वर्ष बितिसक्दा पनि ५८ प्रतिशत महिलाले अझै असुरक्षित रुपमा गर्भपतन गराएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्