९ आश्विन २०८१ बुधबार
image/svg+xml

सुरक्षित गर्भपतन गराउने बढ्दै

जिल्लामा बर्सेनी गर्भपतन गराउने महिला बढिरहेका छन् । जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भूषण मिश्रले दिनुको जानकारी अनुसार आर्थिक वर्ष ०७५/०७६ मा डोटीमा एक हजार ८९ महिलाले गर्भपतन गराएका थिए ।

अवैध गर्भपतन आरोपमा चिकित्सक पक्राउ

अवैध गर्भपतन गराएको आरोपमा सिरहाको मिर्चैया बजारमा सञ्चालित मिर्चैया नर्सिङ होममा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। डा. शम्भुकुमार यादवलाई इलाजसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाबाट म्याद थप गराई प्रहरीले अनुसन्धान सुरु गरेको छ।

सिरहामा बढ्दो अवैध गर्भपतन, एक डाक्टर पक्राउ

पछिल्लो समय लहान बजारमा बग्रेल्ती खुलेका अल्ट्रा साउण्ड सेन्टर(भिडियो एक्स–रे) र पोलिक्लिनिकमा लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रम बढेको छ । निजी क्लिनिकका डाक्टर र उनका सहयोगीहरू क्लिनिक आसपासको क्षेत्रमा घरभाडा लिएर भ्रूण हत्या गराउन संलग्न भएको पाइएको छ ।

सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी ऐन २०७५ कार्यान्वयनको अवस्थामा आइसकेको छ। तर, कानुनको जानकारी नहुँदा महिला असुरक्षितरूपमा गर्भपतन गर्न बाध्य छन्।

‘गर्भपतन गर्नेको संख्या बढ्नु प्रगति होइन’

सदरमुकाम म्याङलुङमा सम्पन्न आइपास नेपालको कार्यक्रममा सहभागीले जिल्लामा सुरक्षित गर्भपतन गर्नेको संख्या बढ्नुलाई संस्थाको प्रगति मान्न नहुने सुझाव दिएका छन्।

अझै असुरक्षित गर्भपतन

जिल्लामा अझै सूचीकृत नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने गरिएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।

खोटाङमा अझै असुरक्षित गर्भपतन गराउँछन् महिला

समुदायस्तरमा सुरक्षित गर्भपतन सेवा सम्बन्धी जनचेतनामुलक कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीले जिल्ला अस्पतालसहित स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन गराउने व्यवस्था भएपनि कतिपय महिलाले सूचीकृत नै नभएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराउने गरेको बताएका छन्।

असुरक्षित गर्भपतन

सुरक्षित गर्भपतनसम्बन्धी सेवा व्यवस्थाका विषयमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा उल्लेख गरिएको छ।

परिवार नियोजन जान्दैनन्, गर्भपतन थाहा छ

रोल्पामा गत साउनदेखि फागुनसम्म १२ स्वास्थ्य संस्थामा ४ सय ४९ जनाले गर्भपतन गराएका थिए। यो समयमा सबैभन्दा बढी जिल्ला अस्पतालमा २ सय २२ जनाले गर्भपतन गराएको देखिन्छ।

परिवार नियोजनको साधन बन्दै गर्भपतन

यो आर्थिक बर्षमा करिब १० हजार बिरामीलाई स्वास्थ्य सेवा दिइसकेको पूर्वी रोल्पाको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर यतिबेला सकसमा छ। पर्याप्त कोठा र आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको स्वास्थ्यकर्मी बताउँछन्। त्यसो त गाउँ गाउँमा रहेका निजी अस्पताल र मेडिकलहरुले जथाभाबी एन्टिबायोटिक प्रयोग गराउने गरेका कारण उपचारमा कठिनाई थपिएको हो। कतिपय बिरामी त रोग बिग्रिएपछि मात्र सरकारी स्वास्थ्य संस्थामा आउने गरेका छन्।

यसकारण खस्छ पाठेघर

पाठेघर खस्न नदिन गर्भवती अवस्थाको अन्तिम तीन महिना आराम गर्नुपर्छ। सात महिना पार गरेपछि सावधानी अपनाउनुपर्छ। प्रसूतिपछि कम्तीमा डेढ महिना आराम गर्नुपर्छ। यस अवधिमा पेट कसिलो बनाउने सामान्य व्यायाम गर्नुपर्छ।

असुरक्षित गर्भपतन गराउने बढ्दै

पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ। स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका छन। पछिल्लो तथ्याङ्कअनुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन्। वर्षेनी एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने प्रजनन स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था गुटामाचार इन्ष्टिच्युट र कृपा नामक संस्थाले जनाएका छन्।

गर्भपतनले महिलामा मनोवैज्ञानिक समस्या

गर्भपतनले कानूनी मान्यता पाएपछि यसको दर बढ्नुका साथै महिलामा मनोवैज्ञानिक समस्यासमेत बढ्दै गएको पाइएको छ।

गर्भपतन अधिकार र कसुर दुवै हुने

गर्भपतन अब अधिकार र कसुर दुवै हुने भएको छ । महिलाका हकमा गर्भपतन संविधानमा मौलिक हकअन्तर्गत राखिएको छ भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकको मस्यौदामा गर्भपतन कसुर हुने व्यवस्था गरिएको छ । कसुर गर्भपतन गराउन दबाब दिनेका हकमा कायम हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्