धम्बोजीमा मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोजीमा शाखा विस्तार गरेको छ। उक्त शाखा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले उद्घाटन गरेको बैंकले जनाएको छ।
मुक्तिनाथ विकास बैंकले नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोजीमा शाखा विस्तार गरेको छ। उक्त शाखा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले उद्घाटन गरेको बैंकले जनाएको छ।
प्रसूतिका लागि श्रीमती लिएर जिल्ला अस्पताल खोटाङ पुगेका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका सञ्जीव तिलुङ राईलाई रक्तदाता तयार पार्न लगाए। ब्लड बैंकको व्यवस्था नहुँदा अस्पतालले आकस्मिक चाहिने रगतका लागि राईलाई रक्तदाता खोज्न लगाएको हो । आवश्यक परेको बेलामा श्रीमतीलाई आफैले रगत दिने भनेपछि अस्पतालमा बच्चा जन्माउनेक्रममा शल्यक्रियाको प्रक्रिया अघि बढेको राईले बताए
नेपाल बंगलादेश बैंकले महानगरीय प्रहरी परिसर काठमाडौंलाई १८ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरेको छ।
मुक्तिनाथ विकास बैंकले तुलसीपुर उपमहानगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा दाङका प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले उदघाटन गरेको बैंकले जनाएको छ।
बैंक अफ काठमाण्डू लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बंैकासुरेन्स सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ।
निर्धन उत्थान बैंक लिमिटेडले ग्राहक सदस्यहरुको सहभागितामा दाङको सिसहनियाँमा ग्राहक सदस्यहरुको लागि उन्नत बाख्रापालन तालिम सञ्चालन गरेको छ।
सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ। सोमबार बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र सानिमा लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक केशवराज केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे।
राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले बैंकबाट लिएको ऋण ठीक ठाउँमा लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् । उनले एकातिर ऋण लिएर अर्कोतिर लगानी गर्ने प्रवृत्ति मौलाएको भन्दै लिएको ऋण ठीक ठाउँमा लगानी भए, नभएको हेर्न राष्ट्र बैंकले अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन लागेकाले सर्तक भएर अघि बढ्न व्यवसायीलाई आग्रह गरे।
सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच बैंकका ग्राहक, सेयरधनी तथा कर्मचारीलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता भएको छ।
नेपाल इन्भेष्टमेण्ट बैंकले रुपन्देहीको भैरहवा शाखा कार्यालय आफ्नै भवनमा स्थानान्तरण गरेको छ । सिदार्थनगर नगरपालिका–५ स्थित उक्त शाखा सोही नगरपालिकाको नारायणपथमा नवनिर्मित भवनमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले गोरखाको छेपेटारमा शाखा विस्तार गरेको छ। बैंकका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ लगायतले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।
आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्वार्थ बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।
कुमारी बैंक लिमिटेड र एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ।
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाबाट शिक्षा क्षेत्रमा सहयोग गरेको जनाएको छ । बैंकको मनहरी शाखाले राष्ट्रिय उच्चमाध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययरत जेहेन्दार विद्यार्थी राजन खड्कालाई छात्रवृत्ति स्वरुप १५ हजार रुपैयाँ प्रदान गरेको छ।
वाणिज्य बैंकहरुले जस्तै विकास बैंकले पनि ब्याजदर नबढाउने भद्र सहमति गरेका छन् । कल डिपोजिटमा साढे सात र मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति उनीहरुले गरेका हुन्।