४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

बैंक अफ काठमाण्डू र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बंैकासुरेन्स सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ। 

बैंक अफ काठमाण्डूका बजार व्यवस्थापन विभागका प्रमुख रितेश लामिछाने र एभरेष्ट इन्स्योरेन्सका नायव महाप्रवन्धक प्रदीप मोहन धौभडेलले बुधबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सो सेवा अन्तर्गत बैंकका ग्राहकले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन्। सो सेवा बैंक अफ काठमाण्डूका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइनेछ।

प्रकाशित: २३ फाल्गुन २०७४ १५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App