४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

सहकारी प्रकरण: बयानपछि रम्तेल पोखरा फिर्ता, छवि र रविलाई काठमाडौं ल्याउने तयारी

.

.

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका कुमार रम्तेललाई बयान सकेर पोखरा फिर्ता गरिएको छ।

शनिबार कास्की कारागारबाट काठमाडौं ल्याइएका रम्तेलले सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा बयान दिएका थिए। बयानपछि उनलाई सोमबार साँझ विमानमार्फत पुन: पोखरा पठाइएको हो।

प्रहरीका अनुसार रम्तेलले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै ‘पुरानो साथी’ गितेन्द्रबाबु (जिबी) राईलाई संकटका बेला सहयोगका लागि मात्र सहकारी सदस्यका रूपमा बसेको बताएका छन्।

स्वर्णलक्ष्मी सहकारीबाट १ अर्ब ११ करोड अपचलन भएको आरोपमा रम्तेलविरुद्ध कास्की कारागारमा पुर्पक्षका लागि राखिएको थियो।

त्यसैगरी, अब पूर्वडिआइजी छविलाल जोशीलाई काठमाडौं ल्याएर बयान गराउने तयारी भएको छ। जोशीलाई बिहीबारसम्म काठमाडौं ल्याएर बयानपछि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइने प्रहरीको योजना छ।

काठमाडौं जिल्ला अदालतले आइतबार मात्र जोशी र लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उनीहरूविरुद्ध सहकारी रकम अपचलन, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर आरोपमा अनुसन्धान भइरहेको छ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६४५ जना पीडितले २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको दाबी गरेका छन्।

प्रकाशित: ४ मंसिर २०८१ १५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App