४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

कुमारी बैंक–एभरेस्ट इन्स्योरेन्स सम्झौता

काठमाडौं – कुमारी बैंक लिमिटेड र एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ।

कुमारी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सो सेवाअन्तर्गत बैंकका ग्राहकले एभरेस्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा, बिमा शुल्क भुक्तानी, बिमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो सेवा कुमारी बैंकका सम्पूर्ण शाखाबाट लिन सकिने बताइएको छ।  
 

प्रकाशित: २० फाल्गुन २०७४ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App