१० मंसिर २०८१ सोमबार
image/svg+xml

सांसदको घरमा छापा प्रकरण, प्रहरीलाई कारवाही गर्न माग

ईलाका प्रहरी कार्यालय मैनापोखरले खानतलासी गर्ने बहानामा नेपाली कांगेसका प्रदेश सभा सदस्य भूवनेश्वर थारुको घरमा मध्यरात छापा मारेको विषयलाई लिएर सम्वन्धित प्रहरीलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ। प्रदेश सभा सदस्य भुवनेश्वर  घरमा नियतवस दुर्व्यवबाहर गर्ने उदेश्यले मध्यरात छापा मार्ने प्रहरीलाई कारबाहीको माग गरेका हुन्।

भेरी बबईको पानी कुर्दै बर्दियाका किसान

बहुप्रतिष्ठित आयोजना भेरी बबई डाइभर्सनबाट बबई नदीमा खसालेको पानी किसानको खेतसम्म पुर्‍याउन बबई सिँचाइ आयोजनाले नहर निर्माण कार्यलाई तीव्र पारेको छ।

पाटेबाघ संरक्षणमा चुनौती

बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनीस्थित नेपाली सेनाको सुरक्षा पोस्टदेखि तीन किलोमिटर उत्तर गत पुस २७ गते कारले ठक्कर दिँदा वयस्क पाटेबाघ घाइते भयो। दाँत झर्नुका साथ ढाडमा गम्भीर चोट लागेको उक्त बाघको उपचार निकुञ्जमा भइरहेको छ। निकुन्ज स्रोतका अनुसार बाघको अवस्था नाजुक छ।

श्रीमानकाे कुटपिटबाट श्रीमतीकाे मृत्यु

गुलरियामा श्रीमानकाे कुटपिटबाट श्रीमतीकाे मृत्यु भएकाे छ। साेमबार गुलरिया नगरपालिका वडा नं ५ का ३५ वर्षीय मोहन बोहराले २७ बर्षीय श्रीमती शुष्मा कुँवरकाे कुटपिट गरि हत्या गरेकाे जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

आर्मी र बर्दिया शीर्ष स्थानमा

प्रथम रोनाल्ड म्याकुली कप क्रिकेट प्रतियोगितामा आर्मी र बर्दियाले लगातार जित हासिल गरेका छन्। विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिताको बिहीबार भएको खेलमा आर्मी र बर्दियाले जित निकाल्दै लिग चरणका खेलमा ६–६ अंकका साथ शीर्ष स्थान ओगटेका छन्।

नाइकेसहित तीनजना पक्राउ

बढैयाताल गाउँपालिका ३ स्थित गोब्रेपुरका ३५ वर्षीय मोहनलाल खटिकमाथि गोली प्रहार गर्ने घटनाका मुख्य योजनाकारसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

गलत उपचार गर्ने क्लिनिक कारबाहीमा

बर्दियाको बारबर्दिया नगरपालिकामा पर्ने कतरनियामा सञ्चालित बबई पोलिक्लिनिकले गलत उपचार गरी बिरामीको अंगभंग गरेर लाखौं रुपैयाँ ठगिरहेको तथ्य सार्वजनिक भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या ८७ पुग्यो

बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु पाटे बाघको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् २०१७ मा गरिएको बाघ गणनाको संख्या सार्वजनिक गर्दै ८७ पुगेको निकुञ्जले जनाएको छ।

योजनावद्ध हत्या भएको आफन्तको आशंका

प्रहरीको नियन्त्रणमै रहेका बेला मृत्यु भएका सिके राउत समर्थक नेता राममनोहर यादवका आफन्तले उनको हत्या भएको आशंका गरेका छन्।

लिखितमा ५ अंक ल्याए पनि स्तरवृद्धि

बर्दियास्थित गुराँस माविका एक छात्राले २०७४ को एसइर्ई परीक्षामा सबै विषयको सैद्धान्तिक (लिखित) तर्फ न्यून ग्रेड प्राप्त गरे पनि उनले तिनै विषयमा प्राक्टिकलतर्फ ए प्लस पाएकी छन्।

कर्णाली नदीमा सुरक्षाकर्मी सवार र्‍याफ्ट पल्टियो, १ बेपत्ता

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ गस्तीमा खटिएका सुरक्षाकर्मी (नेपाली सेना र निकुन्ज कर्मचारी) सवार र्‍याफ्ट  कर्णाली नदीमा पल्टिएको छ।

बर्दियाका ११ जना सुन व्यवसायी पक्राउ

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ११ जना सुन व्यवसायीलाई पक्राउ गरेको छ। सुनमा ८ प्रतिशतसम्म विभिन्न धातु मिसावट गरी ग्राहकलाई ठगि गरेको अभियोगमा गुलरिया, बासगढी र राजापुरका ११ व्यवसायी पक्राउ परेका हुन्।

बर्दिया राष्ट्रिय निकुञ्जमा सेनाको ‘अप्रेशन महाहन्ट’

बर्दिया राष्ट्रिय निकुञ्जको वन्यजन्तु अपराध नियन्त्रण गर्न नेपाली सेनाका विशेष सुरक्षा फौज झिकाएर निकुन्जमा ‘अप्रेशन महाहन्ट’ शुरु गरिएको छ । पुस ९ गते देखि शुरु गरिएको ‘अप्रेशन महाहन्ट’मा सेनाको इन्टिलिजेन्सको प्रयोग गरिएको छ । चुरे क्षेत्र र मध्यवर्तीमा विभिन्न किसिमको अप्रेशन गरेर वन्यजन्तु अपराध नियन्त्रण गर्ने ‘अप्रेशन महाहन्ट’ लक्ष्य रहेको निकुन्जको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्