गोहीका आँसुहरू बगाउँदै रामराम नगर्नुहोस्
प्रतिष्ठा पाउन स्वाभिमान गुमाउने काम नगर्नुहोस्,इज्जत धान्ने बहानामा जिन्दगी बदनाम नगर्नुहोस्। हजुरले जान्दाजान्दै कोभिड फैलाएर छिमेकी मर्यो,यसरी गोहीका आँसुहरू बगाउँदै रामराम नगर्नुहोस् ।
प्रतिष्ठा पाउन स्वाभिमान गुमाउने काम नगर्नुहोस्,इज्जत धान्ने बहानामा जिन्दगी बदनाम नगर्नुहोस्। हजुरले जान्दाजान्दै कोभिड फैलाएर छिमेकी मर्यो,यसरी गोहीका आँसुहरू बगाउँदै रामराम नगर्नुहोस् ।
जुझारु राष्ट्रको युवा म बोक्छु देश काँधमा गरेर काम व्यस्त भै यहीँ म सुत्छु साँझमा सुतेँ म साँझमा छिटै स्वदेश स्वप्न भैरह्यो अनेक भाव उर्लिए नजानिँदो कथा भयो ।। (१)
साँच्चिकै देशमा गृहयुद्धको आगो बल्यो। हजारौ विधवा भए, कतिको कोख उजाडियो, कति अनाथ बने। अन्ततः देशमा गणतन्त्र स्थापित भएरै छोड्यो। यतिबेला सायद मेरो साथीभन्दा म धेरै खुसी थिएँ। उसले देशवासीका लागि देखेका सपना बरु पूरा हुँदै थिए। जतिबेला मैले ऊ भूमिगत भएको बेला मेरै घरको बुइँगलमा राखेर खाना खुवाएको र उसले मेरो बुइँगलमै बाल्टिनमा विसर्जन गरेको मलमूत्र कुशलतापूर्वक व्यवस्थापन गर्न सकेकोमा घमण्डले धपक्कै बलेको थिए।
मलाई अचम्म लागिरहेको थियो– शशाङ्कको ‘तिमी’ सम्बोधनप्रति। आजसम्म श्रीमान्ले समेत आफ्नो लुगा, खानेकुरा, कुन पहिरनमा राम्री देखिन्छु आदि विषयमा बोलेका थाहापत्तो थिएन। अहिले आएर यिनै विषयमा शशाङ्कले खुलस्त प्रशंसा गर्दा बल्ल आफ्नो परिचय पाएजस्तो लाग्यो मलाई। शशाङ्कका हरेक कुरा मन पर्न थाल्यो।
ठुलो जहाज चढेर ठुलै देश घुम्नुस तर,कुनै चिज आमा र देशभन्दा ठुलो हुन्न।पिरतीले जोड्नुपर्छ उध्रिएको मन र मुटु,जिन्दगी सिलाउने सियो हुन्न धागो हुन्न।
पुकुली के भन्नु , भनेरै नसकिने, बोकेर नसकिने पीडै पीडाको गह्रौं भार यो जिन्दगीले आजसम्म पनि बोकिराखेको छ। हिजोको त्यो कसम, तिमीहामी कहिल्यै नछुट्टिने सुन्दर भविष्यको कल्पना गर्दै चाँडै दाम्पत्य जीवनमा बाँधिने हामीले खाएको कसम झन्डै अस्ताएको । जेहोस् आजको भेटले पुनः हाम्रो मिलनलाई निरन्तरता दिनेछ । अब हामीले पहिला गरेको बाचा पूरा गर्नुपर्छ।
मजस्तै धेरै साथी घरमै हुनुहुन्छ होला। घरबाट बाहिर ननिस्कनुहोला। निस्कन परेमा मास्क लगाउनुहोला। म त पढाइ सकेपछि हजुरआमा, ड्याडीसँग चेस अनि लुडो खेल्छु । घर नजिकै ठुलो चौर छ । कोही मान्छे नआएको बेला ड्याडी र म, हजुरआमा ब्याडमिन्टन वा कहिलेकहीँ फुटबल खेल्छौ। कोरोनाको चिन्ता लिएर केही हुने रहेनछ । सुरक्षित बस्ने हो । खाने हो । पढ्ने हो । घरभित्र रमाइलो गरी बस्ने हो ।
एक हप्तामा गहुँको मालिक गोठमा आए। लहलह परेको गहुँबारी घुमे। लामोपाटोको गहुँ सत्यानास भएको देखे। गहुँ माडिएको देख्दा दुखी भएका गहुँ साहु दामुको घर आए पानी खान। दामुको आमालाई सुनाए– बाघ जुधेर गहुँ सत्यानास पारिदिएछ ! गहुँ साहुजीका कुरा सुनेर दामु मुसुमुसु हाँस्द भन्यो, ‘मामु, बाघ कहिले हामी केटाकेटीजस्तै ज्ञानी हुन्छ ?’
कोमलताभित्र झन् कोमल बनेर सूक्ष्मता र संवेदनशीलताभित्र झन् सूक्ष्म र झन् संवेदनशील भएर गाउँछ मुटुको लय फैलाउछ अनुभूतिको आयतन खोज्दै समय र सम्भावनाको झङ्कार बोलिरहेको छ मनको मुरली म आफैँभित्र।
मदनका मस्तिष्कमा आफूले पच्चिस वर्ष अघि विए पास गरेको सम्झना आयो। त्यसबेला बुढा आमाबुवाको सहारा समेत हुने भन्दै जागिरका लागि टाढा गएनन् । आज आफ्नै ठाउँमा हजारौं विद्यार्थी उत्पादन गरेका मानिस पुलिसको केरकारमा बिनाकसुर परिरहेको दृश्यले आफैंलाई खिसी गरेझैं भयो। उनले आफ्नो परिचयपत्र खल्तीबाट निकालेर देखाए।अर्को प्रहरीले भने, ‘ए तिमी बोर्डिङको मास्टर होइन? केको काडसाड देखाको ?’
अलिकति पनि लाज लाग्दैन ती विधुवाहरू, ती टुहुराहरू, ती दीनदुखीहरूसँग भोट माग्न के भनेर अनुहार देखाउँछौ यार। मलाई त भन्न मन लाग्छ,प्रिय,तिमीले चाहे तिम्रो प्रेम फिर्ता लिन सक्छ्यौ तर मैले चाहेर पनि हालेको भोट फिर्ताको लिन सक्दिन यार। तर अब सोच्ने बेला आयो – नेता र जनताले पनि, मेरा साना दुःखले आज्र्याको उपलब्धि होइन सबैलाई चेतना भया !
सबको दिल छुने शब्दहरूका पुञ्ज समाई अलंकारिक र विम्वहरूको लयमा प्रकट हुने कल्पनाका ज्योति पुञ्ज हौ तिमी कविता !! थोरै शब्दमा विशाल भाव बोकेर हिँड्ने ब्रम्ह ज्ञान हौ !! समाजलाई रूपान्तरण गर्ने तिमी कविता !! समाज परिवर्तन गर्ने आधार स्तम्भ तिमी कविता !!
हामी सानासाना नानीबाबु हुनेहरू यसरी रुँदैछौ जोखिम मोलेर कमाइएको पारिश्रमिक कालो बजारतिर पोख्छौ विवश छौं यो इलिगल लुटबाट ठगिन कि सरकार तिम्रा पनि गोजीहरू भरिन्छन् र चुपचाप बस्छौ बिडम्बनाको काकाकुलबाहेक हामी के व्यक्त गरौ कोरोना भाइरसले लिएको ज्यानभन्दा चर्काे यो फत्तुर रच्ने धन्दा बन्द गर ती अत्याचारी पाखण्डहरूलाई तातो तेलमा चोबलेर सोध यस्तो कुकर्म गर्ने राक्षसहरूलाई किन गर्छस् भनेर सुध्रिंदैनन् भने पिसिदिए हुन्छ कारागारको मिलमा लगेर जो राष्ट्र सिध्याउने असली घुनहरू हुन पाठ पढाएर नबस
फुत्त बाहिर आएर जीवनले भन्यो, ‘जब यो काम गर्न नसक्ने थिई गाली गरीगरी सबै काम सिकाउँदै अह्राउनुभयो । अब यसले हाम्रो घरको मानमर्यादा, नियम, रीतिरिवाज सबै बुझिसकी अनि चाहिँ नराख्ने ! किन आमा?’