देविस अर्याल
सबै पाटीका सभापतिज्यूहरू,
कमरेडहरू, जय नेपालहरू..., लालसलामहरू..., जय मधेसहरू...,जय,,,,,यस्तै अरूहरू...।
लामो चिठी लेख्न मन छैन तर बाहिरी आँखाले हेर त, अलबिदा भएका मान्छेहरू, जलेका लासहरू, रोएका आफन्तहरू, अस्पतालमा आत्तिएका बिरामीहरू, औषधि र अक्सिजन नपाएर खोजिरहेका आफन्तहरू, थाकेका डाक्टर र नर्सहरू, आमाबाबु दुवै गुमाएका टुहुरा छोराछोरी, सन्ततिहरू गुमाएका बुढाबुढी आमाबाबुहरू, गरीब दीनदुखीहरू, बिरामी र बिरामी कुरेका आफन्तहरू, खोप लाउन नपाएर आत्तिएका मान्छेहरू, धन नभए पनि मन भएकाहरू आफूले सके जति सहयोग गर्ने हातहरू, खान नपाएकाहरू, व्यापार गर्नेहरू...नियाले, हेर साँच्चै भित्री आँखाले हेर एकान्तमा सोच, विवेकले हेर, चेतनाले हेर, मानवताले हेर, धर्म जे माने नि,पाटी जे माने पनि कम्निस्ट,कांग्रेस ...,माआ..,हिन्दू भएर हेर, मुस्लिम भएर हेर, क्रिश्चियन भएर...,बुध्द भएर हेर..., यस्तैयस्तै भएर हेर, के तिमीहरूले, भष्ट्राचार गर्नुहुन्छ , झगडा गर्नहुन्छ, नाङ्गो नाच देखाउनुहुन्छ, यस्तैयस्तै...,कुकर्म गर्नुहुन्छ। अब पनि झापा काण्ड, छापामार युध्द , कालो कांग्रेस, नागरिकता बेच्न मिल्छ ...।
अलिकति पनि लाज लाग्दैन ती विधुवाहरू, ती टुहुराहरू, ती दीनदुखीहरूसँग भोट माग्न के भनेर अनुहार देखाउँछौ यार। मलाई त भन्न मन लाग्छ – प्रिय,तिमीले चाहे तिम्रो प्रेम फिर्ता लिन सक्छ्यौ तर मैले चाहेर पनि हालेको भोट फिर्ताको लिन सक्दिन यार। तर अब सोच्ने बेला आयो – नेता र जनताले पनि, मेरा साना दुःखले आज्र्याको उपलब्धि होइन सबैलाई चेतना भया !
प्रकाशित: २० जेष्ठ २०७८ ०९:१९ बिहीबार