२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

गोहीका आँसुहरू बगाउँदै रामराम नगर्नुहोस्

गजल

युवराज भण्डारी

 

प्रतिष्ठा पाउन स्वाभिमान गुमाउने काम नगर्नुहोस्,

इज्जत धान्ने बहानामा जिन्दगी बदनाम नगर्नुहोस्।

 

हजुरले जान्दाजान्दै कोभिड फैलाएर छिमेकी मर्यो,

यसरी गोहीका आँसुहरू बगाउँदै रामराम नगर्नुहोस् ।

 

आफ्नो सवालमा भने हरएक कुरा गोप्य राख्नुपर्छ,

ताली पिट्दै सँगीको निजी कुरा खुलेआम नगर्नुहोस् ।

 

शिखरमा पुग्नुभन्दा पनि टिकिरहनु ठुलो कुरा हो,

जितको दम्भ देखाएर बेकारको तामझाम नगर्नुहोस्।

 

पहिलोचोटि एउटा अन्तर्वार्ताको अवसर मिलेको छ,

बिन्ती युवाको भविष्य भन्दै चक्काजाम नगर्नुहोस् ।

 

बरु गएर महलभित्रै आराम गर्नुहोस् मालिक हजुर,

पसिना बगाइरहेकाको अगि आई विश्राम नगर्नुहोस्।

 

हिजोसम्म त विरोधमा नारा लगाउँदै हिँड्नुहुन्थ्यो,

आज हात भाँचिएको मौका पारेर सलाम नगर्नुहोस् ।

प्रकाशित: २२ जेष्ठ २०७८ १४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App