२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

कुनै चिज आमा र देशभन्दा ठुलो हुन्न

गजल

सेन्टि सुन्दर पाल्पा

 

यत्रो ठुलो शहरमा अघिपछि कोही हुन्न,

आँखाले देखेको सबै कुरा साँचो हुन्न ।

 

होस हुँदासम्म हो माया भन्नु सम्मान भन्नु,

निदाउनुपर्छ खुट्टा कहाँ पुग्छ पत्तो हुन्न।

 

खुट्टाकै किन नहोस् चप्पल बरु आफ्नो हो,

गलाको पासो कहिल्यै पनि आफ्नो हुन्न।

 

ठुलो जहाज चढेर ठुलै देश घुम्नुस तर,

कुनै चिज आमा र देशभन्दा ठुलो हुन्न।

 

पिरतीले जोड्नुपर्छ उध्रिएको मन र मुटु,

जिन्दगी सिलाउने सियो हुन्न धागो हुन्न।

प्रकाशित: २१ जेष्ठ २०७८ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App