८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बुबासँग घुम्न गएका बालककाे पाेखरीमा डुबेर मृत्यु

नारायणस्थान, तानसेनमा रहेको पोखरीमा डुबेर शनिबार साँझ एक बालकको ज्यान गएको छ। पोखराथोक–४, पाल्पा घर भएका ६ वर्षीय बालक नितेष कुमालको ज्यान गएको हो।

सवारी दुर्घटनामा दम्पतीको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको मधेसा– ४ घोपालीटोलमा अाइतबार सवारी दुर्घटनामा परी एक दम्पतीसहित ३ जनाकाे मृत्यु भएको छ।

मकवानपुरमा बस दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरको हाँडी खोला–२ मा यात्रु वहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मकवानपुरको गोननपानीबाट हेटौंडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको यात्रुवहाक अनिन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी वामदेव गौतमले जानकारी दिए।

पत्नीको रहस्यमय मृत्यु, हत्या शङ्कामा पति पक्राउ

कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । शुक्रबार मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।

पहिरोले टहरो पुर्दा तीनको मृत्यु

भारी बर्षापछि आएको पहिरोले टहरो परिँदा राम्चे–७ पूरानागाउँमा एकै परिवारका तीनको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार बिहान साढे दुई बजेतिर गाउँमाथिको राम्चे भिर खसेर टहरो पुर्दा ३५ वर्षीय रामकुमार तिमिल्सिना, उद्धव तिमिल्सिना र सम्झना तिमिल्सिनाको मृत्यु भएको हो । पहिरो पन्छाएर प्रहरीले उनीहरुको शब फेला पारेको थियो ।

राम्चे भीर खस्दा एकको मृत्यु, दुई जना बेपत्ता

अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा राम्चे-७ पुरानो गाउँमा एक जनाको मृत्यु भएको छ। पहिरोले दुई जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन्। मृत्यु हुनेमा ३५ वर्षीय रामकुमार तिमल्सिना छन्। घाइते हुनेमा चन्द्रकान्त तिमल्सिना र कमला तिमल्सिना छन्।

भारतीय नम्बर प्लेटको लहरीले किचेर महिलाको मृत्यु, चालक फरार

विराटनगरस्थित भृकुटी चोक नजिक लहरीले किचेर महिलाको मृत्यु भएको छ। शुक्रबार मध्यान्न भारतीय नम्बर प्लेटको एन एल् ०१–०१२६ नम्बरको लहरीले किच्दा कोसी हरैचा नगरपालिका—३ की मनिषा बस्नेतको घटनास्थलमै मृत्यु भएको हो।

भूकम्पको पैसा लिन हिँडेका पृथिबीबहादुरको बाटोमै मृत्यु

आवास अनुदान बापतको पहिलो किस्ता रकम लिन सिन्धुलीको जिनाखु गाविसबाट सदरमुकाम सिन्धुलीमाढीमा आउँदै गरेको एक वृद्धको बाटैमा मृत्यु भएको छ। जिनाखु गाविस घर भई सदरमुकाम सिन्धुलीमाढीमा रहेको सुप्रिम डेभलमेन्ट बैकमा पहिलो किस्ता पचास हजार लिन आउने क्रममा बाटैमा उनको अचानक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

जिप दुर्घटनामा एकको मृत्यु'

मनकामनाबाट गोरखा आउँदै गरेको बोलेरो जिप बिहीबार बक्राङ-८ मा दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बा९च ७५४९ नम्बरको जिप ब्रेके फेल भएर च्याम्पाटा भन्ने ठाउँ नजिकै सडकबाट करिब ५० मिटर तल खसेको प्रत्यक्षदर्शीले जनाएका छन्।

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

बुधबार रुपन्देहीको लुम्बिनीमा भएको मोटरसाइकल दुर्घटनामा एकजना भारतीय नागरिकको मृत्यु भएको छ। एक बालक घाइते भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका–५ महुवारीमा सडक छेउको कलर्भटमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा भारतको सिद्धार्थनगर स्थित कक्रहवा बजारका सन्त गोपाल बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कैलालीमा एचआइभीबाट ४१ को मृत्यु

एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु भएको जानकारी दिइयो । गएको वर्ष तीन गर्भवतीसहित कुल १०७ जना एचआइभीबाट सङ्क्रमित भएको पत्ता लागेको छ ।

तालिवानी लडाकुकाे आक्रमणमा पाँच अफगानी सैनिकको मृत्यु

पछिल्लो २४ घण्टामा अफ्गानिस्तानमा पाँच सैनिक मारिएको रक्षा मन्त्रालयले जनाएको छ। तालिवानी लडाकु समूह र सरकार विरोधी लडाकुहरुले उनीहरुको हत्या गरेको सुरक्षा अधिकारीले बताएका छन्।

घाँस काट्न गएकी एक महिलाको भीरबाट खसेर मृत्यु

घाँस काट्न गएकी एक महिलाको भीरबाट खसेर घटना स्थलमा नै मृत्यु भएको छ। श्रीनगर गाविस वडा नम्बर ५ निवासी ५६ वर्षीया सुन्तला मल्लको घाँस काट्ने क्रममा श्रीनगर गाविस वडा नम्बर ८ मा पर्ने धल्नेवारी भन्ने वन क्षेत्रमा भिरबाट लडेर घटना स्थलमा नै मृत्यु भएको मृतकका छिमेकी जनक हमालले जानकारी दिए।

धादिङ बस दुर्घटनामा १९ को मृत्यु, ११ घाइते

धादिङको लपाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। घटनास्थलमै १८ को मृत्यु भएको हो। ती मध्ये १६ जनाको सनाखत भएको छ।

हेलिकोप्टरबाट ल्याइएका एक जनाको शिक्षण अस्पतालमा मृत्यु

धादिङको लापाङमा भएको बस दुर्घटनामा घाइते एक जनाको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ। 'एक जना घाइतेको उपचारको क्रममा मृत्यु भयो', टिचिङ अस्पतालका निर्देशक डा.दीपक बोहोराले नागरिकन्युजसँग भने, 'अरुको उपचार भइरहेको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्