७ आश्विन २०८१ सोमबार
image/svg+xml

मृत्यु भएको २७ वर्षपछि अन्त्येष्टि

फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसको पार्थिव शरीरलाई शुक्रबार मनिलाको ‘योद्धा वीरहरुको समाधिस्थल’ मा गाडेर अन्त्येष्टि गरिएको छ । मार्कोसकी विधवा पत्नी र थोरै परिवारजनको मात्र उपस्थिति रहेको सो अन्त्येष्टि किरिया कर्म अति सामान्य तरिकाले, हल्ला खल्ला नगरी सैनिक सुरक्षाबीच लगभग गोप्य रुपमा सम्पन्न गरिएको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

दुर्घटनामा दुईको मृत्यु

बुङ्चीमा आज बिहान करिब ३ बजे बस र एम्बुलेन्स ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा एम्बुलेन्समा सवार कञ्जनपुर बाइस विजुवाका ५५ वर्षीय सुब्बा राना र ६० वर्षीया मदिया राना रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोख्रेलले बताए ।

तीनकुनेमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कामपा–३५ बानेश्वर तीनकुनेमा बा३ख २०५६ नंको बसले बा२६प ४३३८ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा चालक काभ्रे, नाला–३ का ४७ वर्षीय हरिगोपाल श्रेष्ठको मृत्यु भएको छ।

सरकारी बमबारीमा २५ सर्वसाधारणको मृत्यु

सिरियाको उत्तरी प्रान्त अलेप्पोमा बिहीबार सिरियाली विद्रोहीलाई लक्ष्य गरी गरिएको एक कारबम आक्रमणमा कम्तिमा २५ व्यक्तिको मृत्यु भएको छ।

भारतीय नम्बरको गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु

रौतहटमा भारतीय नम्बर प्लेटको बोलेरो गाडीको ठक्करवाट एक जना प्रहरी जवानको मृत्यु भएको छ। पुर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको धन्सार जंगलमा भारतीय नम्बरको बोलेरो जिपको ठक्करबाट रौतहटको विजयपुर लक्ष्मीनिया घर भई बारामा कार्यरत ३२ वर्षीय प्रहरी जवान श्रवण यादवको ज्यान गएको हो।

कुपाेषणका कारण बालिकाकाे मृत्यु

जिल्लाको सिपखाना गाविस– ६ की १४ महिने बालिका सुशीला योगीको कुपोषणका कारणले मृत्यु भएको छ। लामो समयदेखि कुपोषणको शिकार भएकी योगीको उपचारकालागि जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो।

प्रहरी र अज्ञात समूहबीच गोली हानाहान, एक भारतीयको मृत्यु

रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि आज बिहान अज्ञात समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो।

पतिको कुटाइले महिलाको मृत्यु, खर्च नहुँदा अस्पतालले पनि हेरेन

घरेलु हिंसामा परेकी रोल्पा थवाङ–८ की ४८ वर्षीय सुनकुमारी नेपालीको बेलैमा राम्रो उपचार हुन नपाएपछि भैरहवामा उपचार गर्दागर्दै मृत्यु भएको छ। भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार गर्र्दागर्दै शनिबार साँझ उनको मृत्यु भएको हो।

ट्र्याक्टरले ठक्कर दिँदा एकको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुलीमा आज भएको सवारी दुर्घटनमा परी स्थानीयवासी ५५ वर्षीय कृष्णप्रसाद अर्यालको मृत्यु भएको छ ।

चिनियाँ फाइटर विमानकी महिला पाइलटको मृत्यु

चीनले पछिल्लो समय फाइटर विमानहरुको संख्या बढाउँदै लगेको छ। साहसिक काम मानिने फाइटर विमान उडानको जिम्मेवारीमा समेत चीनले महिलालाई स्थान दिँदै आएको छ।

भाइको कुटाइबाट दाजुको मृत्यु

-उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ ।गएराति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाइबाट ज्यान गएको हो ।

कतारी रंगशालामा एक नेपालीको मृत्यु

कतार विश्वकपका लागि निर्माणाधीन रंगशालामा कार्यरत एक नेपाली कामदारको लरीको ठक्करबाट मृत्यु भएको छ। अल वाख्रा रंगशालाको निर्माणमा कार्यरत नेपाली २९ वर्षे मजदुर अनिलकुमार पासवानको मृत्यु भएको बुधबार कतार प्रशासनले बुधबार जनाएको छ।

विमान यात्रुको आकासमै मृत्यु

नयाँ दिल्लीदेखि कतारको राजधानी दोहाका लागि उडिरहेको जेट एयरवेजका एक यात्रुको विमानभित्रै मृत्यु भएको छ। यात्रुको मृत्यु भएपछि चालकले विमानलाई निर्धारित गन्तव्यबाट डाइभर्ट गरी पाकिस्तानको कराँचीमा इमर्जेन्सी ल्यान्डिङ गरे।

करेन्ट लागेर मृत्यु

करेन्ट लागेर दाङमा एकजनाको मृत्यु भएको छ । त्रिपुर नगरपालिका १० निवासी राप्रपा सकृय सदस्य केशरवहादुर शाहको आज विहान ६ वजेतिर करेन्ट लागेर मृत्यु भएको हो ।

छोरा बुहारी भेट्न अमेरिका जाँदा भएको दुर्घटनामा चार जनाको मृत्यु

अमेरिकामा रहेका छोराबुहारी भेट्न जाँदा भएको कार दुर्घटनामा परी गुल्मी पिपलधारा–७ कटौंजेका तीनसहित चारजनाको ज्यान गएको छ। गत शुक्रबार राति ९ बजे (स्थानीय समय अनुसार) अमेरिकाको जर्जिया राज्यको एटलान्टामा कार दुर्घटना भएको थियो। दुर्घटनामा परेर कटौजेका चिरञ्जिवी खनाल, उनकी श्रीमती श्यामामञ्जरी खनाल, बुहारी ऋचा खनाल र अर्की एक युवती प्रतिमा सुवेदीको ज्यान गएको हो। प्रतिमा चिरञ्जिवीका छोरा समिरकी साथी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्