७ आश्विन २०८१ सोमबार
image/svg+xml

अमेरिकामा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु

वासिङ्टन डिसी— अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामीण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटना चार नेपालीले ज्यान गुमाएका छन्। शुक्रबार नोवेम्बर ४ तारिखमा भएको भयानक दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

पाकिस्तानको फायरिङमा तीन भारतीय सैनिकको मृत्यु

पाकिस्तानले युद्धविराम तोड्दै फायरिङ गर्दा भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरुले जम्मु र कस्मिरको सीमामा भएका फायरिङमा दुई सर्वसाधारण घाइते भएको जनाएका छन्।

करेन्ट लागेर सद्‍भावना नेता चौधरीको मृत्यु

सद्भावना पार्टी धनुषाका बरिष्ठ उपाध्यक्ष रामचन्द्र चौधरीको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको छ।

दुर्घटनामा क्याम्पसका कर्मचारीको मृत्यु

धनगढी–अत्तरिया सडकको गेटामा गए राति भएको दुर्घटनामा धनगढी उपमहानगरपालिकाका २८ वर्षीय हेमराज मल्लको मृत्यु भएको छ । से१२च १२२९ को जिप र से४प १५०१ को मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार मल्लको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

रेल दुर्घटना हुदाँ पकिस्तानमा २१ जनाको मृत्यु, ४५ घाइते

पाकिस्तानको बन्दरगाह सहर कराँचीमा बिहीबार बिहान यात्रुवाहक दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य ४५ जना घाइते भएका अस्पताल स्रोतले जानकारी दिएको छ । कराँची सहरमा अवस्थित जिन्नाह अस्पतालका प्रवत्ता सीमी जमालीले घटनास्थलबाट २१ वटा शव र ४५ जना घाइतेलाई अस्पतालमा ल्याइएको जानकारी दिए।

हरेक साढे चार दिनमा एक पत्रकारको मृत्यु

युनेस्कोले हरेक साढे चार दिनमा विश्वभरमा एक पत्रकारको मृत्यु हुने गरेको नयाँ तथ्याङक सार्वजनिक गरेको छ। युनेस्कोले सार्वजनिक गरेको एक तथ्याङक अनुसार हरेक साढे चार दिनमा विश्वमा कम्तिमा एक जना पत्रकारको मृत्यु हुने देखाएको हो। उक्त तथ्याङक अनुसार सन् २०१५ देखि २०१५ सम्ममा हालसम्म विश्वमा ८ सय २७ पत्रकारको मृत्यु भएको जनाएको छ।

मारुती भ्यानको ठक्करबाट दुईजनाको मृत्यु

मोरङको इटहरामा मारुती भ्यानको ठक्करबाट गएराति मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

ट्रिपरले माेटरसाइकललार्इ ठक्करदिँदा एककाे मृत्यु

नुवाकोटको देवीघाट–गल्छी सडकखण्डको रातमाटेको महादेवफाँटमा आज दिउँसो ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ठमेलमा चिया पिउँदापिउँदै एक जनाको मृत्यु

ठमेलमा चिया पिउँदापिउँदै बेहोस भएर एक व्यक्तिको ज्यान गएको छ। काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित हिमालयन गाबा मण्डल स्टेडमा चिया पिउँदापिउँदै बुधबार एक्कासि बेहोस भएका पोर्चुगल नागरिक ५३ वर्षीय मानुअल पाउलको मृत्यु भएको हो।

दुर्घटनामा प्रहरी जवानको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ–पथलैया सडकखण्डमा आज बिहान भएको सडक दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प फुलगामा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान विनोदबाबु बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

काश्मिरमा भएको बम र गोली प्रहारमा छ भारतीय नागरिकको मृत्यु

-पाकिस्तानको ब्यापारिक सीमाक्षेत्र काश्मिरमा पाकिस्तानतर्फबाट भएको बम र गोली प्रहारमा ६ सर्वसधारण भारतीय नागरिकको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

भारत–पाकिस्तान सीमामा दाेहाेराे फायरिङ जारी, ८ को मृत्यु,

पाकिस्तानले विना पूर्व सूचना जम्मू–कश्मीरको सीमामा फाइरिङ गर्दा बितेको २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। घटनामा २७ जनाभन्दा बढी घाइते भएको अनुमान गरिएको छ। मर्नेहरुमा सर्वसाधारण रहेको भारतीय सञ्चार माध्यमहरुको दाबी छ।

पाकिस्तानी आक्रमणबाट भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

भारत—पाकिस्तानबीच चुलिँदै गएको तनाबको बाछिटा नेपालसम्म आइपुगेको छ। पाकिस्तानी फाइरिङबाट भारतीय सेनामा कार्यरत एक नेपाली युवाले ज्यान गुमाएका छन्।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङको कोसीहरैचा– १२ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्