२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्राविधिक शिक्षालयमा दुई विषय थपिने

जिल्लाको नुनथलामा स्थापित प्रदेश स्तरीय महुरेगढी प्राविधिक शिक्षालयअन्तर्गग डिप्लोमा तहमा थप दुई विषय इन्फर्मेसन टेक्नोलोजी र प्लान्ट साइन्सको पढाइ हुने भएको छ। सिटिइभिटिको आंगिक क्याम्पसका रूपमा २०७५ सालमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा सो शिक्षालय स्थापना गरिएको थियो।

शिक्षा व्यापारमुखी भएकोमा चिन्ता

सरकारी स्कुल कलेज बन्द गराई नाफामुखी स्कुल कलेजहरुलाई प्रोत्साहन गर्ने काम सरकारीस्तरबाटै हुने गरेको चर्चा गर्दै यस्ता कुरा पुँंजावादी व्यवस्थाका विशेषताहरु रहने गरेकोमा उनले जाेड दिए। उनले विश्वविद्यालयहरुमा भागबन्डा, भ्रष्टाचार, घुसखोरी यसका उदाहरण रहेको बताए।

नागरिककर्मी रौनियारलाई यस वर्षको शिक्षा पत्रकारिता पुरस्कार

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ नागरिक दैनिक काठमाडौंमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु. ५१ हजार राशीको पुरस्कार रौनियारलाई प्रदान गर्ने निर्णय गरेको हो।

‘निजी विद्यालयको शुल्कमा एकरुपता हुनुपर्छ’

नेपाली कांग्रेसका नेता तथा शिक्षाविद्हरुले निजी विद्यालयका शुल्कमा एकरुपता हुनुपर्नेमा जोड दिएका छन्।

जोखिम मोलेर शिक्षा

करिब पाँच सय बालबालिका माथिल्लो तहको शिक्षाका लागि काँडा नदी तरेर जोशीपुर, बौनियाँ र मुद्दीस्थित विद्यालयमा जानुपर्ने बाध्यता छ । वर्षायाममा यो नदी तरेर बालबालिका विद्यालय जानु निकै कष्टकर छ । काँडा नदीमा एउटा मात्रै डुंगा छ । त्यसमा एकपटकमा नौजना मात्रै चढ्न मिल्छ । विद्यार्थीलाई नदीवारपार गराउन त्यो डुंगालाई झन्डै चार घण्टा समय लाग्छ ।

वाइवाइ नेशनल एजुकेसन अवार्डको घोषणा

शिक्षालय राष्ट्रिय मासिकको प्रस्तुतिमा पन्ध्रौं वाइवाइ नेसनल एजुकेसन अवार्डको घोषणा गरिएको छ।यस वर्ष तेह्र विधामा अवार्ड प्रदान गर्न लागिएको जनाइएको छ। यस वर्ष १३ विधामा १६ जनालाई सम्मान गरिन लागिएको हो। यस वर्ष प्रदान गरिने नेसनल एजुकेसन अवार्डका विधामा स्कुल अफ द इयर, स्कुल एक्सिलेन्स अवार्ड, बेस्ट टिचर अवार्ड, कन्ट्रिब्युसन अवार्ड, गुडविल अचिभमेन्ट अवार्ड, डेडिकेसन अवार्ड रहेका छन्।

एसइईमा फेरि ३ लाख ६० हजारले जाँच दिन पाउने

शिक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा सि वा सिभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीको सबै विषयमा ग्रेड वृद्धिका लागि परीक्षा लिनू भनी राष्ट्रिय परीक्षा बोर्डलाई असार २० गते निर्देशन दिएपछि एसइईका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले आफूले जिम्मेवारी वहन गर्न नसक्ने जनाउँदै शिक्षामन्त्री समक्ष लिखितपत्र बुझाएका छन् ।

फाइल नबुझाउँदा नमुना विद्यालय छनोट भएन

विद्यालयको गुणस्तर सुधार गरी शिक्षामा रूपान्तरणको गतिलाई तीव्रता दिने उद्देश्यले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत असार २९ गते नमुना विद्यालय छनोट गरेर सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएको तथ्यांकअनुसार ६९ जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयमध्ये ८४ वटा विद्यालय नमुना विद्यालयको रूपमा छनोटमा परेका छन्। तर नुवाकोटका एउटा पनि विद्यालय छनोटमा परेनन्, कारण विद्यालयले दिएको आवेदन शिक्षा विकास तथा समन्वय एकाइको कार्यालय विदुरमै थन्किनु।

बस नचढी विद्यालय

सहरका कुना काप्चादेखि मूल सडकसम्मका चोकचोकमा यसो फन्का मारौँ त। बिहानै विद्यालय पोशाकमा सजिएर ससाना बाबुनानीहरू विद्यालयको बस कुरिरहेका भेटिन्छन्।

ज्यानकै जोखिम मोलेर शिक्षा

कैलालीको काँडा नदीको पश्चिमतर्फ बन्जरिया जंगलसँगै जोडिएको एउटा ठूलो बस्ती छ। जोशीपुर गाउँपालिका–३ मा पर्ने सो बस्तीमा रहेको शिविरमा लगभग पाँच सय घरधुरीमा मुक्त कमैया बस्छन्। सोही वडामा पर्ने अन्य दुई गाउँ बन्जरिया र भगैयास्थित शिविरमा पनि मुक्त कमैयाका करिब तीन सय घरधुरी छन्। बाक्लो बस्ती भए पनि ती ठाउँमा माध्यमिक शिक्षाका लागि भरपर्दो व्यवस्था छैन। शिविरमा कक्षा ५ सम्मको मुक्त कमैया प्राथमिक विद्यालय छ भने नजिकैको गाउँमा कक्षा ८ सम्मको जनजागृति आधारभूत विद्यालय छ।

पहिलो दिनमै १० हजार अवलोकनकर्ता

उच्च शिक्षाका लागि अध्ययन गर्न विदेश जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा १३ औं बृहत् इक्यान शैक्षिक मेला राजधानीमा सुरु भएको छ।

चिकित्सा आयोगको उपाध्यक्ष छनोट प्रक्रिया रोक : डा. केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा। डा। गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटको प्रक्रिया तत्काल रोक्न माग गरेका छन्। डा। केसीले त्रिवि शिक्षण अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगको उपाध्यक्षका लागि योग्य उम्मेदवारले दरखास्त नहालेको भन्दै छनोट प्रक्रिया तत्काल रोक्नका लागि माग गरेका हुन्।

शिक्षा ऐनका लागि राय संकलन

हलेसी तुवाचुङ नगरपालिकाले नगरशिक्षा ऐन निर्माणका लागि घुम्ती शिविरमार्फत सुझाव संकलन गरेको छ। नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले दलका स्थानीय नेता, व्यवस्थापन समिति, अभिभावक, बुद्धिजीवी, नागरिक समाज, शिक्षाप्रेमी, विद्यार्थीलगायतबाट सुझाव संकलन गरेको हो। ११ वडा रहेको नगरपालिकाका विभिन्न आठ स्थानमा कार्यक्रम गरी सुझाव संकलन गरिएको सो नगरपालिकाका मेयर इवन राईले बताए।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ती रोक्न डा केसीको माग

चिकित्सा शिक्षा सुधारका लागि लड्दै आएका डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्