२८ आश्विन २०८१ सोमबार
image/svg+xml

स्वाती सदनलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

राजधानीको बालाजुस्थित स्वाती सदन इ.बो.मा. विद्यालयले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा ब्रिटिस काउन्सिलद्धारा प्रदान गरिने अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार जितेको छ।

शिक्षामा समानता नभएको गुनासो

हुनेखानेका छोराछोरी निजी विद्यालयमा र हुँदा खानेका छोराछोरी सरकारी विद्यालयमा पढाउने परम्परा बढेसँगै शिक्षामा समानता नै नभएको गुनासो आउन थालेको छ।

प्रभावकारी भएन शिक्षक तालिम

सरकारले विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षकलाई दिँदै आएको तालिमले विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेख्य सुधार गर्न नसकेको सरकारी अध्ययनले देखाएको छ।

उपकुलपति फेरि पनि भागबन्डामै

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सवा दुई करोड रकम खर्च गरी १० महिना लगाएर तयार पारेको विद्यालयदेखि विश्वविद्यालय शिक्षाको सुधारका सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत वर्ष माघ १ मा बुझाएको थियो। सो प्रतिवेदनमा विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक र प्रशासनिक सुधारका लागि सुझाव समेटिएका थिए। जसमा विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्दा विश्वविद्यालय बोर्ड अफ ट्रस्टी गठन गरिनुपर्ने र सोही ट्रस्टीले गठन गर्ने छनोट कमिटीले नै उपकुलपति वा अध्यक्ष छनोट गर्नुपर्ने व्यवस्था छ।

शिक्षा क्षेत्र सुधार्दै स्थानीय तह

जिल्लामा विद्यालय शिक्षामा देखिएका व्यावहारिक र कानुनी चुनौती समाधान गर्न चितवनका सबै स्थानीय तह एकजुट भएका छन्। शैक्षिक गुणस्तर सुधारका लागि जिल्लाका सातवटै स्थानीय तहले सहकार्य गर्ने भएका हुन्। शिक्षा क्षेत्र सुधारका लागि सातवटै स्थानीय तहले एकीकृत रूपमा १९ बुँदे घोषणापत्रसमेत तयार गरेका छन्। जिल्लाको शिक्षा विकासका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण २०७३ लाई आधार मानेर सहकार्य गर्न लागिएको हो।

आयोगको उपाध्यक्षका लागि नाम सिफारिस

शिक्षा मन्त्रालय स्रोतका अनुसार समितिले आयोगको उपाध्यक्षका लागि डा. सुरेन्द्र शेरचन, डा. शम्भुकुमार पहारी र डा. श्रीकृष्ण गिरीलाई उपाध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको हो।

जीवनको जग

कर्णाली प्रदेश भने विकास/निर्माणका हिसाबले मात्र होइन, सिकाइ उपलब्धिका दृष्टिले समेत यी दुवै विषयमा कमजोर देखिएको छ। ब्राह्मण/क्षत्री बालबालिका नेपालीमा र नेवार बालबालिका गणितमा उत्कृष्ट देखिएका छन्।

पौने चार खर्ब ‘बालुवामा पानी’

गणितमा ७२ प्रतिशत विद्यार्थीले पाठ्यक्रमको न्यूनतम सिकाइ सिकेनन् भने नेपालीमा ५५ प्रतिशतले आफैं वाक्य गठन गर्न सक्दैनन्।

शिक्षा दिवस मनाउन उपसमिति गठन

आगामी भदौ २२ गते चालीसौं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस भव्यताका साथ मनाउन सरकारले विभिन्न दश उपसमिति गठन गरेको छ।

सागका लागि संसद्को उपसमिति

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी सम्बन्धमा १३औं साग अनुगमन उपसमिति गठन गरेको छ।

कक्षा १–३ मा एकीकृत शिक्षा लागू गर्दै पाठ्यक्रम विकास केन्द्र

पाठ्यक्रम विकास केन्द्रले मुलुकभरका सामुदायिक विद्यालयमा कक्षा १–३ को नयाँ पाठ्यक्रम परीक्षण थालेको छ। कक्षा १–३ का लागि एकीकृत पाठ्यक्रम निर्माण गरिएको छ। मिल्ने विषयवस्तुसँगै पढाउने उद्देश्यसाथ केन्द्रले एकीकृत पाठ्यक्रम बनाएको हो।

यौन शिक्षा प्रदान गर्न सुझाव

नेपालमा प्रत्येक एक लाख जीवित जन्ममा २३९ आमाको मृत्यु भइरहेको छ। दिगो विकास लक्ष्यका अनुसार नेपालले सन् २०३० सम्ममा मातृ मृत्युदर प्रत्येक एक लाख जीवित जन्ममा ७० झार्नुपर्नेछ।

हिन्दु धर्म, दलित र शिक्षा

हिन्दु धर्म संसारकै सबैभन्दा पुरानो र विशाल धर्म हो। यसभित्र अनेक ज्ञान, नीति–नियम छन्, जसलाई आधुनिक विज्ञानले समेत गतिलो स्रोतका रूपमा प्रयोग गरेको छ। हिन्दु धर्मका धेरै गुण छन्, जसमध्ये प्रकृतिप्रतिको सम्मान, प्रेम र श्रद्धा अन्य धर्मका भन्दा पृथक छन्। नदीनाला, पहाडपर्वत, रूखबिरुवा, जीवजन्तु, जस्तै ः मुसा, भ्यागुतालाई समेत पुजिन्छ। विडम्बना, हिन्दु धर्मका अनुयायीले जातका आधारमा छुवाछूत तथा अमानवीय विभेद गर्छन्। यो कुसंस्कारको जग मनुस्मृति, रामायण, महाभारतजस्ता हिन्दु धर्मग्रन्थ हुन्।

चौतारामा बहुप्राविधिक शिक्षालय

प्रदेश सरकारले शिक्षा क्षेत्रको गौरवको योजनाअन्तर्गत मकवानपुरको हेटौंडा र सिन्धुपाल्चोकको चौतारामा दुईवटा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने नीति अघि सारेको छ। महाविद्यालय स्थापनार्थ प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले गत आवमै आवश्यक बजेट विनियोजन गरेको थियो।

प्रदेश सरकारको अगुवाईमा चौतारामा बहुप्राविधिक शिक्षालय

महाविद्यालयको अवधारणा अन्तर्गत प्रदेश नं. ३ सरकारको अगुवाइमा सदरमुकाम चौतारामा स्थापित दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालय यसै शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्