नाइल र कायरो
कायरो न ऊबिना बाँच्न सक्छ न ऊबिना आफ्नो अस्तित्व बनाउन सक्छ जो नाइलको रुन्चे सुस्केरासँगै हरदम हरपल बाँचिरहन्छ तर कायरो अनुभूत गर्न सक्तैन नाइलको अनन्त दमित पीडाहरू युगौंदेखि छल्किदै विद्रोह गरिरहेछ ।
कायरो न ऊबिना बाँच्न सक्छ न ऊबिना आफ्नो अस्तित्व बनाउन सक्छ जो नाइलको रुन्चे सुस्केरासँगै हरदम हरपल बाँचिरहन्छ तर कायरो अनुभूत गर्न सक्तैन नाइलको अनन्त दमित पीडाहरू युगौंदेखि छल्किदै विद्रोह गरिरहेछ ।
आँसु शक्तिमा बदलिन्छ सत्ता समानताको बाटोमा उभिन्छ वर्ग मृत्यु नजिक पुगेर नयाँ हाँसोको सुरुवात हुन्छ र यो राजा राणा पञ्चायतलोकतन्त्रभन्दा बिलकुल फरक तरीकाले आउँछ आमन्नेसामन्नेबाट आउँछ आफूबाटै सुरुवात हुन्छ आफ्नो शासन अरूलाई होइन आफैंले गर्ने हो सिकाउँछ हो यसरी मात्रै अमर विजयको सुरुवात हुनेछ त्यहां एक पोया पनि तानाशाह रहनेछैन निरंकुशताको विचलन पखाल्न एमीकसहरू चाहिने छैन प्रष्ट छ सडक बतासले बढार्ने छ ।
ऊ नजिकै गयो र फेरि बोलायो – भगवान् ! तर आवाज आएन । उसले त्यही गजधम्मेको हात छोयो, पाउ छोयो, शिर छोयो र गाला छोयो । जता छोए पनि चिसै छ, हिउँजस्तो।उसलाई शंका लाग्यो – चिसो हुनु त जीवन होइन । कतै भगवान् । उसले मनमा एउटा अनिष्ट पाप चितायो । बिहान सूर्यको पहिलो आगमनसँगै उसलाई प्रहरीले घेरेर राखेका थिए मन्दिर परिसरभित्र र उसका हातमा हत्कडी लगाइएको थियो । उसमाथि संगीन आरोप थियो – भगवानको चोरी।
यो कारुणिक दृश्यले एक्कासि उसमा मातृत्व भाव छ्चल्किएर आयो । उनले आफ्नो भएभरको जायजेथा बेचेर अनाथ आश्रम खोली । ती भोका र बेवारिस सन्तानको आमा बन्ने निर्णय गरेपछि भुमिकालाई फोन गर्दै भनी – साँच्चै भुमिका, समय शक्तिशाली हुँदो रहेछ । हजारौ अनुत्तरित प्रश्नको जवाफ समयले नै दिँदोरहेछ ।
म किन साहित्यमा आएँ ? प्रयोजन के हो ? भन्नेबारे मैले भन्नु अति आवश्यक र सान्दर्भिक हुन जान्छ । मान्छेको जीवनमा साँच्चि धेरै नै समस्याहरू हुन्छन् । याने कि पीडाहरू हुन्छन् । मनभित्र उथलपुथल भइरहन्छ । मन दिमागभित्र भुइँचालो गइरहेको हुन्छ । आफ्ना र बिरानाले हानेको तिरले हृदय छियाछिया भइरहेको हुन्छ । भौतिक शरीरलाई धान्न हजार ठाउँमा निहुरमुन्टी न हुनुपर्दछ । त्यसैले खासमा मान्छे मरेर बाँचिरहेको हुन्छ ।
कर्तव्यको पहाडमुनि थिचिएर कति बस्छ्यौ शान्ति अब घर आऊ भनेर गणेशविक्रमले भन्दा छक्क परेकी थिई । गणेशविक्रमले पटकपटक फोन गर्थे । शान्ति ! म तिम्रो आशामा छु भन्दा ऊ केही बोलिन । मनमनै सोचिरही मायाको भोक कसलाई लाग्दैन मलाई पनि माया गर्ने मान्छे होस् जस्तो लाग्छ तर कसरी जानु ? समाजले के भन्छ ?
शान्ति भन्दै थिई– अहँ तिरिन्न । एक पैसा तिरिन्न । अनलाइन पढ्न दिएको मोबाइलमा ग्याम खेलेर हाम्रा छोराछोरी बिग्रेको क्षतिपूर्ति कसले दिन्छ नि हाम्लाई ? घरमा नेट जोडेको पैसा कसले दिन्छ नि हाम्लाई ? मोबाइल किनेको पैसा कसले दिन्छ नि हाम्लाई ?
हजुरबा , हजुरआमा र बाआमाले दैनिक केही न केही नयाँ सिकाउनु वा सुनाउनुपर्ने नियम छ । यसकारण पहिले कहिल्यै नसुनेका , नजानेका र नदेखेका धेरै कुरा तिनीहरूले अचेल जानेका र बुझेका छन् ।
खोटाङको हलेसी तुवाचुङ् नगरपालिका डिकुवा– दाम्ली, पिपलटार टोलमा जन्मेका किराती साहित्य क्षेत्रमा लामो समयदेखि साधनारत छन् । किरातीका यसअघि कविता संग्रह शान्तिको खोजी २०६१, आँसुको वर्ष कथा संग्रह २०६६, संयुक्त कविता संग्रह २०६७ र फूलको विज्ञप्ति कविता संग्रह ०७५ प्रकाशित छन् ।
युद्ध बिसाओ घायलहरू अब कतै नरिसाओ लामो यात्रा हिड्नुपर्छ हामीले तिमीलाई ठेस लाग्दा मलम लाउनुपर्छ मैले म लडेको देख्दा मन दुख्नु पर्छ तिम्रो यात्राको नियम यत्ति हिड्यौ भने युध्दको आगो न तिमी बल्नुपर्छ घायलको घाउ न रिसाउनुपर्छ मैले दुखेको लिपु न तान्नसक्छ उसले हजारौँको वली न कसैले कबुल गर्नुपर्छ लाखौँ यातनाका मार न कसैले वहन गर्नुपर्छ त्यसैले अब योध्दाहरू युध्द बिसाओ घायलहरू अब कतै नरिसाओ गन्तव्य एउटै हो म र मेरो देश देश एउटै हो मेरो र तिम्रो ।
अब म छातीमा हात राखेर भन्छु । सुख खोज्छु तर त्यसमा कसैको दुःख भोगाइ हुन्न । म विवेकको मद्दत र पाखुरीको सामथ्र्यले नयाँ जीवन सुरु गर्छु । तिमीहरू र मौरी सानै भए पनि मेरा गुरु हौ । तिमीहरूले मेरो आँखा खोलिदियौ । अब यी आँखा कहिल्यै बन्द हुँदैनन् । (केटाकेटी पनि खुसी हुन्छन् । अशोक पनि जोसिलो देखिन्छ ।) (पर्दा बिस्तारै खस्दै जान्छ ।)
रमा त उसको लोग्ने नभएको मौका छोपेर दुई दिनका लागि घुम्न गई बाइ ।लिला – ए हिरा सुन् त । रमा त उसको ब्वाइफ्रेन्डसँग घुम्न गई नि । यो कुरा कसैलाई नभन्नु नि । तँ आत्मीय साथी होस् र पो भनेको हुँ।