यान्त्रिक जीवन
रुजा, मैले तिमीलाई धोका दिएँ । तिमीलाई छलेर भागेँ । म पापी हुँ । मलाई माफ गर । मैले मेरै जीवनलाई नर्क बनाएँ । मेरो एउटा १६ वर्षको छोरा छ, अर्को १३ को । श्रीमती मलाई छोडेर हिँडिन् । पारपाचुके नै गरेर हिँडिन् । मैले उनलाई माया गर्न सकिनँ रे । म कर्कश भएँ रे । मैले उनलाई भोगको साधन मात्रै बनाएँ रे । म फेरि एक्लो भएको छु । फेरि बेसहारा भएको छु । छोराहरूको दायित्वले थिचिएको छु ।’