२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

कस्तो निष्ठुरी दाजु

यही दाजुको खोजीमा म कहाँ कहाँ पुगिनंँ । सारा काठमाडौका गल्ली – गल्ली भौतारिएँ । चिनेजाने र भेटेजति मान्छेहरूसँग सोधखोज गर्दै हिडेँ । आफू विदेश नगईकन दाजुलाई कतै जिउँदै भेटाउँछु कि भन्ने आशले कहिले ड्राइभर भएँ कहिले बसको काउन्टरको जागिर खाएँ । म कुनै न कुनै कामले जाँदा मेरो भित्री लक्ष्य उसैको खोजी गरिरहेको हुन्थ्यो।

इतिहास

परिस्थितिले यस्तै पारयो । बसेर छलफल गर्ने समय पनि मिलेन । दुःख नमान्नुहोला। चिन्ता नलिनुहोला । यो क्षेत्र नै यस्तै हो। सधैं आफूले चाहे वा सोचेको जस्तो हुँदैन । भए राम्रै भो , नभए देखा जाला । अरू केही नभए पनि एउटा फरक इतिहास त लेखिन्छ। आखिर हाम्रो उद्देश्य नयाँ इतिहास लेख्ने न हो ।

उपहार

आफ्नो छोरा सधैंका लागि सौतालाई जिम्मा लगाएर त्यहाँबाट हिंड्ने कुराले बिहानभरि मन उथुलपथुल भइरह्योे । लगातार मुटुमा गाँसिरहने प्यारो नाता बिर्सनुपर्ने बाध्यताले मन उम्लियो । आँखाबाट पीर र वेदनाले भरिएको माया बग्न थाले । छोरालाई अँगालोमा कसेर बेस्कन रोएँ । आँखाको डिलमा हात पुरयाएर आँसु पुछ्दै “मामु किन रुनुभएको, के भयो तपाँइलाई ?” अंगालोबाट हटेर निर्बोध अनुहारले पुलुक्क मतिर हेर्दै सोध्यो ।

मन

बाँडाले सोध्यो – यिनलाई गालेर के बनाउने हजुर ? भगवानको मूर्ति बनाइदिऊँ ? उनले झट्टै आफ्नो निर्णय सुनाइन् – भगवानको मूर्ति होइन, यिनीहरू दुवैलाई गालेर एउटा कोपरा बनाइदेऊ ।”

बाँचिरहन्छ, कोलम्बस यात्राको हंस

आम मानिसले याद नगरेका सत्यहरूलाई विवेकसम्मत पत्ता लगाउँछ कविले र नै ऊ सर्वत्र पुज्य हुन्छ । कविता लेख्ने कार्य भनेको कुनै गम्भीर चिज विशेषको बौद्धिक खोजी हो । आध्यात्मिक अनुुसन्धानको फेरो समातेर रहस्यहरूको नजिक, अझ नजिक पुग्नु हो । यस मानेमा कवि सदा विचारको यात्रामा हुन्छ ।

भूत

ए भूत, हिम्मत छ भने अगाडि आइज । के चाहन्छस् भन् । होइन भने छोड् । नतान। मलाई छिटो घर पुग्नु छ । सानासाना छोराछोरीले मेरो बाटो हेर्दै छन्।अघि बढ्न खोजिन् । तानेकै थियो । अझै जोडले आफूलाई अगाडि तानिन् । फुत्किइन् । उछिट्टिएर पर पुगिन् । तर, गायत्रीलाई लुकेर तान्ने डरछेरुवा भूत हेर्न मन लाग्यो । पछाडि फर्केर हेरिन् । बयरको झ्याङमा आफ्नै साडीको आँचलको एक टुक्रा फर्फराइरहेको थियो।

आफ्नाकै त वचन घातक हुन्छ

झुलो चकमक मट्टितेल सलाई दिनुहोस्,सक्नुहुन्छ पुच्छरले लंका जलाई दिनुहोस् ।यति गर्न हिम्मत नहुनेले फुर्ती लगाउनु हुन्न, केके गर्नु छ, पूरा विवरण मलाई दिनुहोस्।

भत्किने घर

यो घर त नेपालमा भनिदै आएको समाजवादजस्तै काल्पनिक भयो । आधार नबनाई कसरी घर स्थायी हुन्छ ! होस् गरेस् है जतिखेर पनि भत्किन सक्छ ।

लाँकुरी भञ्ज्याङ र शृङ्गी ऋषि

फर्केर अलिमाथि चउर जस्तो, बाटाकै छेउको सानोसम्म ठाउँमा आयौँ । ती युवतीहरू पनि दाउराको भारी बिसाएर त्यहीँ विश्राम गर्दे गरेका भेटिए । तिनले बिसाएका दाउराका भारी देख्दा सबैलाई अचम्म लाग्यो । ठाउँ पनि रमाइलै लागेकाले केहीछिन विश्राम गर्ने सोच बन्यो । सबै बस्यौँ र खानपिन गर्न थाल्यौँ । पुमा र भक्त राईले गफ निकाले । ती स्थानीय युवतीहरू पनि गफमा मिसिए । केही फोटो लियौँ । सोधपुछ, गफगाफ र खानपिन सिध्यायौँ ।

आगोपानी दुवै बन्न मैले पनि सिकेकी छु

कहिलेकाहीँ पानी बन्छु पिउँला, नसम्झिनु, सधैंभरि आगो बनी, जिउँला नसम्झिनु। आगो पानी दुवै बन्न मैले पनि सिकेकी छु, ईश्वरभन्दा अघि आफ्नो, नाम लिउँला नसम्झिनु। सम्बन्धलाई जोगाई राख्न कति त्याग गर्न सक्छु, बहिरो हुनु बाध्यता हो, यै नाम दिउँला नसम्झिनु।

मलाई पनि मन छ तिम्रो मान्छे हुन

निलो आकाशमा बादलको घेरा सुन्दर फूलमा पनि काँडा हुन्छ धेर मेरो पनि घाउमा परेको छ नुन आँसु पुछ प्रिय हुँदैन है रुन मलाई बोलाउँछौ बोली दबाएर आफ्नो भन्न खोज्छौ कुरा घुमाएर मलाई पनि मन छ तिम्रो मान्छे हुन हुँदैन र यहाँ मैले जून छुन ।

स्कुलडाँडाकी बडीआमा

प्रविधिको सजिलो फेसबुकमा देखेको फोटो नियाल्दा लाग्यो–बडीआमा त उस्तै रहिछिन् शारीरिक बनौट शिरदेखि पाउ पहिलाजस्ती थिइन् ठ्याक्कै दुरुस्तै ।

परिबन्द स्वीकारेको जेल रैछ जीवन

गाउँदेखि शहरसम्म न्याय खोज्दै आएँ, निर्धालाई दबाउने झेल रैछ जीवन । ठुलाठालु सधैँ चोखा,साना मर्ने ऐनमा , परिबन्द स्वीकारेको जेल रैछ जीवन ।

यस्तो माया हाम्रो अमर हुन्छ हुन्न

नजिक आएको छु नजर हुन्छ हुन्न,म आफन्त तिम्रो कदर हुन्छ हुन्न। नपिउने म सधैँ तिमी पिई हिँड्छौ, मेरो छेउ आउँदा असर हुन्छ हुन्न। एक्लो आउँछ मान्छे एक्लै जाने रैछ, जीवनभरि यस्तै सफर हुन्छ हुन्न ।

कमलेश पाण्डेका कविता

आयुले लामै बाँचे पनि त्यसको त्यति गणना हुन्न । तर, योगदान र विचारले बाँचेको व्यक्ति अल्पायुमै बिते पनि त्यसलाई जनजनको मनले सदा सम्झिरहन्छ । ऊ सदा जीवित भइरहन्छ, अमर बनिरहन्छ । कमलेश पाण्डे पनि यही कोटीमा पर्ने एक सर्जक थिए । यो उमेरमै उनको रचनाशक्तिलाई दृष्टि दिँदा ठूलो सम्भावना बोकेको देखिन्थ्यो । तर, योभन्दा बढी र योभन्दा राम्रो गरेको र राम्रो लेखेको हेर्ने इच्छा सायद नियतिलाई भएन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्